२८ आश्विन २०७५, आईतवार

प्रेम सुनार  ।  रुपन्देही दशैं भित्रिए लगत्तै रुपन्देहीको बुटवलस्थित भित्री बजारहरुमा किनमेल गर्ने मानिसहरुको भीडका साथै बजारमा साना सवारी साधनको प्रयोगले बजारक्षेत्र प्रभावित बनेका छन् । जस्ले गर्दा व्यवसायीहरुले दिने सेवा प्रभावित समेत प्रभावित बनेको छ । किनमेल गर्न आउनेहरुले बढी मात्रमा अटो रिक्सा प्रयोग गर्ने गरेकोले पनि बजार क्षेत्रमा जाम हुने गरेको छ ।

अटो रिक्सा पार्किङका लागि बजार भन्दा निश्चित स्थानमा व्यवस्था नहुँदा बुटवलको हाट बजार लाईन, दशै बजार रहेको बालमन्दिर लाईन अस्तब्यस्त हुँदै आएको छ । त्यस्तै राममन्दिर लाईन लगायतका भित्री बजारमा पैदल यात्रा गर्न समेत समस्या परेको छ ।

मानिसहरुको बढी मात्रमा भीड हुने फेन्सी पसलमा कपडा किन्नेहरुको भीड देखिन्छ । हाटबजार लाईनमा मर–मसला लगायतको किराना सामान र खसी बोका किन्नेहरुको भीड निरन्तर बढ्दो छ । किन मेलका लागि रुपन्देही , अर्घाखाँची , पाल्पा , गुल्मी र बाग्लुङ्ग जिल्लाका मानिसहरु बढि देखिन्छन । किनमेल गर्नेहरुमा बढि मात्रमा महिलाहरु देखिएका छन् ।

रुपन्देही ब्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनी भन्छन–‘अब्यवस्थित बजारका कारण आवत जावतमा निकै समस्या आएको छ । बुटवल उद्योग बाणिज्य संघ र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पार्किङ्ग व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो ।’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाललाई ध्यानकृष्ट गराउँदा आफुहरुले यसबारे नगरपालिका र ट्राफिक प्रहरीलाई बारम्वार घचघचाउँदै आएको बताए ।

उनले भने–‘शनिबार हाटबजारको दिन भएकोले अत्यन्तै अस्तव्यस्त देखियो बजार । दशंै बजार बालमन्दिर भित्र पनि त्यस्तै छ । के गर्ने यहाँको समस्या यस्तै हुँदै आईरहेको छ । ’ यस सम्बन्धमा रुपन्देही ट्राफिक प्रहरी प्रमुख एसपी गणेश चन्दको ध्यानकृष्ट गराउँदा उनले तत्काल मातहतको ट्राफिक प्रहरीलाई निर्देशन दिई समस्या समधान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV