२८ आश्विन २०७५, आईतवार
  • प्रेम सुनार

बुटवल, असोज–२८ । किशोरी र युवती पछि नेपालमा विवाहित (मिसेज )महिला  बिचको प्रतियोगितामा गुल्मीकी हिमानी गाहा थापा देश कै उत्कृष्ट श्रीमतीकाे रुपमा छनौट भएकी छिन । ग्यालम वल्र्ड ईन्टरटेन्टमेण्टले आयोजना गरेको मिशेज युनिभर्सल नेपाल २०१८ को प्रतियोगितामा ३० जना सहभागी महिलाहरुलाई पछाडी पार्दै हिमानीले मष्ट क्रियटिभ र मष्ट एफबि पब्लिक च्वाईसको ताज पहिरिएकी हुन् ।

 

उत्कृष्ट , २५ , १० हुँदै उत्कृष्ट पाँच जना छनौटमा हिमानी परेकी थिइन्। गुल्मीबाट हिमानी, काठमाण्डौबाट क्रमशः सुष्मा लामा, सम्झना बस्नेत , रिना खड्गी, र दाङ्गबाट सुहिना अधिकारी उत्कृष्ट पाँचमा छनौट भएका हुन । उनिहरु अब सिङ्गापुरमा हुन गई रहेको युनिभर्सल प्रतियोगितामा भाग लिन जाने भएका छन ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मी स्थित ग्रामिण बस्तीमा जन्मीएकी हिमानीको विवाह पनि  पराल्मीकै कुलबहादुर सुर्यबंशी संग भएको हो । ३२ बर्षिया दुई सन्तानकी आमा हिमानीले बौधिकता, क्षमता र शौन्दर्यमा देश कै उत्कृष्ट श्रीमतीकाे रुपमा प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गरेकी हुन । अन्तराष्ट्रिय रुपमा भने उनको नतिजा हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV