२८ आश्विन २०७५, आईतवार
  • सुशीलबाबु थकाली

मुस्ताङ, असोज २८ । यतिखेर मुस्ताङको ३ ओटा गाउँपालिका अन्तरगत बिभिन्न ठाउँहरुमा स्याउको सुकुटी बनाउन स्थानीय युवाहरु व्यस्त देखिएका छन् । मुस्ताङको थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र वारागुँ मुक्तिक्षेत्र गाउँपालिका अन्तरगतका बिभिन्न गाउँ,ठाउँमा स्याउको सुकुटी बनाउन स्थानीय युवाहरु व्यस्त देखीएको हुन् । थासाङ गाउँपालिकाको लार्जुङ देखी वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ क्षेत्र आसपासमा स्याउको सुकुटी बनाएर १ सिजनमा मात्र लाख भन्दा बढी आम्दानी गर्न सफल रहेको सुकुटी व्यवसायीहरु बताउछन् ।

मुस्ताङमा स्याउको उत्पादन सुरु भए देखीनै स्याउको सुकुटी बनाउन लागेको र हालसम्म पनि यसलाइ मुस्ताङबासीहरुले निरन्तरता दिदै आएकोमा खुसीको महसुस गर्न पाएको वरिष्ठ वागवाणी अधिकृत बालकृष्ण अधिकारीले बताए । विगत लामो समयदेखी मुस्ताङ स्वादिस्ट स्याउ मध्यकै गोल्डेन डेलीसीयसबाट स्याउको सुकुटी बनाउने परम्परा रहि आएको र अहिलेसम्म पनि यो कायमै रहेको उनको ठम्याइ रहेको छ । पुराना प्रविधिबाट केही फरक तवरले स्याउको सुकुटी बनाएर आधुनिक युगलाइ नै प्रतिस्पर्धाको मूला धारमा ल्याइ समग्र मुस्ताङको पर्यटनको क्षेत्रलाइनै आकर्षणको केन्द्र बनाएको उनको धारणा रहेको छ । यस कुरालाइ समग्र मुस्ताङबासीहरुले बुझ्न जरुरी रहेको र सितोष्ण वागावाणी केन्द्र यस कुरामा सहयोगार्थ सधै तत्पर रहने पनि उनले बताए ।

यसैगरी मुस्ताङका एक युवा व्यवसायी राम कार्की यतिखेर स्याउको सुकुटि बनाउन व्यस्त रहेका छन् । विगत २० बर्षदेखि मुस्ताङमा जागिरको शिलशिलामा आएका उनी अहिले स्याउको सुकुटी र अन्य स्वरोजगारमूलक कार्यहरुमा आफूलाइ सक्रिय बनाएका छन् । उनका अनुसार करिब ५÷७ बर्ष देखी नै स्याउको सुकुटि बनाउदै आएको तर अहिले भने पूर्ण रुपमै व्यवसायीक स्याउको सुकुटि उत्पादन गर्न लागेको उनले बताए । लगभग १६÷१७ बर्ष सम्म मुस्ताङको थासाङ गाउँपालिका वडा नं. १ स्थित निलगिरी उपभोक्ता सँस्था विजुली पावर हाउसमा जागिर खादै आएका उनी अहिले आफूले मासिक २२ हजार भन्दा बढीको जागीर पनि छाडेका छन् । नियमित रुपमा मानसिक तनाव र घरायसी काम धन्दामा समय नपुग्ने भएपछि उनले केही महिना अघिमात्र जागर छाडेका हुन् । जागिर छाडेको महिना दिन पनि नपुग्दै यतिखेर उनी आफूलाइ पूर्ण रुपमै व्यवसायीक बनाउन उद्धत देखीएका छन् ।

थासाङ गाउँपालिका वडा नंं. १ अन्तरगतकै चोखोपानीमा स्याउको सुकुटी उत्पादन गर्न व्यस्त उनी र उनको परिवार पूर्ण सन्तुष्टि भने छैनन् । किनभने लगातार रुपमा सुकुटि बनाउन पाएमा फाइदा हुने तर मौषम खराब भयो भने सुकुटी उत्पादनमा समस्या हुने कार्कीकी धर्मपत्नि बताउछीन् । गत सालको केही सुकुटीहरु बिक्रि नभएको समेत उनिहरुले बताए । राम्रो सँग घामको प्रकाश परेमा सुकुटि भने जस्तो राम्रो र सफा हुने तर घामको प्रकाश राम्रोसँग नलागेमा सुकुटि कालो हुने उनको ठम्याइ रहेको छ र त्यस्ता कालो सुकुटिहरु हत्तपत बिक्रि नहुने यदि बिक्रि भैहालेमा भनेजस्तो मूल्य नपर्ने उनी बताउछीन् ।

यतिबेला रामलाइ स्याउको सुकुटि बनाउन भ्याइ नभ्याइ छ । हालसम्म उनले २ लाख ५० हजार बराबरको गोल्डेन डेलिसीयस स्याउ खरिद गरेको पनि बताए । रामसँग स्याउको सुकुटि बनाउन अहिले उनको फममा ६÷७ जना कामदार रहेको र दैनिक २५ केजी सम्म स्याउको सुकुटि उत्पादन हुने उनको ठम्याइ रहेको छ । एक सिजन (२–४) महिनामा २ लाख भन्दा बढी आम्दानी हुने पनि उने बताए । यो सिजनभरी करिब ५ देखी ६ लाख सम्मको स्याउ खरिद गर्ने लक्ष्य रहेको बताए । उनी भन्छन् – “आधुनिक प्रविधिबाट स्याउको सुकुटि बनाउन आवश्यक त छ तर लगानीको अभावमा यो सम्भव छैन । अहिले हामीले स्याउको सुकुटि उत्पादन गर्न जङ्गलबाट निगालो ल्याएर यसको सहयोगमा सुकुटि बनाएका छौं । सुकुटि उत्पादन गर्न न्यानो र पारीलो ठाउँको आवश्यकता पर्ने भएकोले हामीले उक्त स्थानहरुमा स्याउको सुकुटि बनाएका हौं ।”

उनका अनुसार व्यवसायीक स्याउको सुकुटि उत्पादन गर्न मुस्ताङ जिल्लामा उपयुक्त वातावरणको आवश्यकता रहेको बताए । यस विषयमा सम्बन्धित सरोकारवाला र मुस्ताङ स्थित लगुउद्यमी विकास संस्थानले सहयोग गर्नुपर्ने बताए । उनीजस्ता सयौं सुकुटी व्यवसायीहरु मुस्ताङमा रहेको र हालसम्म औलामा गन्न सकिनेहरुले मात्र बल र पैसाको भरमा उद्योग सञ्चालन गरेकोमा आपत्ति जनाए । मुस्ताङको कुनाकन्दरामा व्यवसायी स्याउको सुकुटि उत्पादन गर्नेहरुको पनि कमि नरहेको उनको धारणा रहेको छ । सबैलाइ स्वरोजगारमूलक बनाउन पाए बर्षेनी रुपमा आउने आन्तरीक तथा वाह्य पर्यटकहरुलाइ मुस्ताङको स्याउको सुकुटी बिक्रि गर्न पाइने उनले बताए ।

स्याउको सुकुटी बनाउन व्यस्त छन् मुस्ताङका युवाहरु

मुस्ताङमा स्याउको सुकुटि बनाउन उद्दत व्यवसायीहरुलाइ अहिले भ्याइ नभ्याइ छ । भदौको दोस्रो साता अर्थात हरितालिका तीजको अवसर पारेर स्याउ टिप्न सुरु गरेका मुस्ताङबासीहरुलाइ अहिले एउटा कुराले हैरान बनाएको छ । त्यो हो भूइँभरी झरेको गोल्डेन तथा रातो स्याउ । उनीहरुलाइ यतिबेला यहि कुराले बर्षेनी सताउने गर्छन् । तर यस बिषयमा उनीहरु पहिला नै जानकार भैहाल्छन् ।

स्याउ टिप्ने सिजन सुरु भएयता बाह्य जिल्ला र मुस्ताङ जिल्लाकै स्याउ खरिद गर्ने ठेकेदारहरुको तछाडमछाड हुने गर्छन् । बिशेष गरी मुस्ताङको स्वादिष्ट स्याउमध्यकै रेड डेलिसियस, रिचा रेड डेलिसियस र रोयल डेलिसीयस जस्ता स्याउहरुलाइ बढीमात्र देशका ठूला सहरहरुम लगेर बिक्रि गर्छन् भने गोल्डेन स्याउको त्यति ठूलो माग छैन । खादा तत्काललाइ स्वादिष्ट भएपनि टाढा–टाढा पु¥याउन त्यति सम्भव भने छैन । यसैले पनि अरु सबै स्याउहरु देशका बिभिन्न सहरहरुमा पुग्दासम्म पनि गोल्डेन स्याउ भूइँभरी झर्ने गरेको धु्रव सत्य हो ।

यस्तै अहिले मूस्ताङका स्याउ व्यवसायीहरु झरेको गोल्डेन स्याउलाइ सदुपयोग गर्ने हिसाबले स्याउको सुकुटि बनाउन लागिपरेका छन् । मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. १ स्थित लक्कीका सोम क्षेत्री र सरद क्षेत्रीलाइ अहिले भ्याइ नभ्याइ छ । उनी दुईभाइलाइ झरेको गोल्डेन स्यानले गिज्याइरहेको छ । एक महिनामै झरेको स्याउबाटै ३० देखी ४० हजार सम्म आम्दानी हुने भएपछि उनीहरु झरेको स्याउबाट सुकुटि बनाउन हौसीएका छन् । भने अन्य झरेको स्याउलाइ जुस लगायत मार्फा ब्राण्डी बनाउन सम्बन्धित उद्योगहरुमा लैजाने तयारी गरीएको उनीहरु बताउछन् ।

यो त प्रतिनिधि उदाहरण मात्र हो मुस्ताङमा बर्षेनी लाखौंको मात्रामा स्याउको सुकुटि बनाएर स्थानीयहरुले आफ्नो जिविकोपार्जन गरेका छन् । यस्तैमध्यको थावाङ गाउँपालिका वडा नं. ५ रोल्पा निवासी हाल थासाङ गाउँपालिका वडा नं. १ चोखोपानीमा बस्दै आउनभएका लालबहादुर पुनले पनि १ सिजनमा एक लाख भन्दा बढीको आम्दानी गर्छन् । आफ्नो परिवार ठूलो भएको र जिविको पार्जनकै लागि भनेर अन्य कामधन्दा सँगसँगै स्याउको सुकुटि बनाउन व्यस्त छन् ।

उनी भन्छन् –“स्याउको सुकुटि बेचेर हिउँद महिना कटाउने गर्छु । बालबच्चाहरु धेरै भएकै कारण स्याउको सुकुटि बेचेर केही आम्दानी गर्ने गरेको उनले बताए । हालसम्म उनले डेड लाखसम्मको गोल्डेन स्याउ खरिद गरीसकेको बताए । उनले बनाएको सुकुटी बढी मात्रामा मुस्ताङ जिल्ला र देशको अन्य जिल्लाहरुका बिक्रि हुने बताए ।

स्याउको सुकुटि मात्र तयार हुनुपर्छ मानिसहरु खोजि खोजि किन्न आउने गरेको अनुभव बताए । विगतदेखी बनाउँदै आएको भएतापनि यो स्याउको सुकुटि यसपालि धेरै माग भएको हुनाले अशोजको दोस्रो साताबाटै बनाउन सुरु गरेको उनले बताए । बिगतका बर्षहरुमा पनि बनाएको तर गत सालमा भन्दा अलि बढी बनाउने लक्ष्य रहेको उनले बताए । सुकुटि भैसकेकोे स्याउलाइ केजीको १ हजार भन्दा बढी पर्ने गरेको उनले बताए । सबैभन्दा बढी जोमसोम सदरमुकामै बिक्रि हुने गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV