२८ आश्विन २०७५, आईतवार

सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।

आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् ।

PROTEST. Women gather for a rally and march at Grant Park on October 13, 2018 in Chicago, Illinois to inspire voter turnout ahead of midterm polls in the United States. Photo by Kamil Krzaczynski/AFP

उनीहरुले ‘निलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘महिला विरोधी एजेण्डा’ बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।

निर्वाचन लक्षित र्‍यली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्‍यलीमा सहभागीहरुलाई डेमेक्रेट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

Thousands of people marched in Chicago to protest against Donald Trump and encourage voting.

ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV