२८ आश्विन २०७५, आईतवार
  • बसन्त खतिवडा

बारा २८ असोज । बाराको सिम्रनगढ नगरपालिका निवासी ५ वर्षीय बालक दिपक यादवको अपहरण पश्चात हत्या भएको छ । २४ गते देखि हराएका दिपकको शव गए राती गाउँ नजिकै झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालक अपहरणको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । अदालत बन्द रहेको हुँदा उनीहरुको नाम सार्वजनिक गर्न नमिल्ने बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिईन ।

बालक २४ गते नजिकैको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका बेला हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV