२८ आश्विन २०७५, आईतवार

काठमाडौं । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा २०१४ को विश्वविजेता जर्मनी नेदरल्यान्डसँग पराजित भएको छ । गएराति भएका खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले पराजित भएको हो । नेदरल्याण्डको जितमा भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि परेको थियो ।

भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले खेल सकिन तीन मिनेट बाँकी रहँदा तीन मिनेटको अन्तरमा २ गोल गर्दै जर्मनीलाई ३–० ले स्तब्ध पारे ।

८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेको थियो । पछिल्लो समय जर्मनीले आफ्नो लय समात्न सकेको छैन । रसिया विश्वकपमा खराव प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV