२८ आश्विन २०७५, आईतवार

मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ ।

उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको हो । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको छ । उनीहरू १९ देखि ३७ वर्षका हुन् । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पुर्‍याइएकका थिए ।

गत साउनमा पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६–१६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो । घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV