२८ आश्विन २०७५, आईतवार
  • दानबहादुर बुढा

मुगु ।  नेपालीको महान चाड वडा दशै नजिकिदै गर्दा मुगुवासीलाई भने दशैंको रौनकले खासै छोएको छैन । मुगुवासीहरु खेत बारीमा लगाएको अन्न बाली भित्र्याउने समयमा दशै परेकाले उनीहरु दशैं मनाउन भन्दा खेतबारीको चटारोमा नै मग्न छन् ।

जेष्ठ असारमा लगाएको कोदो, मकै, फापर, धान, कागुनो, चिनो भित्र्याउने समय भएकाले हिजो आज मुगुवासीलाई कामको चटारोले छोप्दा दशैको रौनकले नछोएको हो । अन्नबालीको भण्डारण तथा भित्र्याउन हिजोआज मुगुवासी विहान सबेरैदेखि बेलुका साँझसम्म नै खेतबारीमा देखिन्छन् ।

हिमाली जिल्ला मुगुमा चिसो बढेको तथा पानी परेमा हिमपात हुने भएकाले हिमपातबाट अन्नबालीलाई जोगाउन पनि उनीहरुलाई अन्नबाली भित्र्याउन भ्याई नभ्याई भएको हो । शहर तथा विदेशमा रहेका आफन्त दशै मनाउन घर फर्किए पनि गाउँमा अन्नबाली भित्र्याउनु पर्ने भएकाले उनीहरु पनि अन्नबाली भित्र्याउन लागिपरेका छन् । गाँउका सबै मेलापात तथा खेतबारीमा जाने भएकाले गाँउमा दशैको महत्व नै नभएको जस्तै देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV