२८ आश्विन २०७५, आईतवार
  •  दान बहादुर बुढा

मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका बडा नम्बर १३ रुगा गाँउमा रहेको १ सय ३३ घर घुरीका दलित परिवार दशै खर्च जुटाउनको लागि बाबियाको कुचो र डोको बनाउन भ्याई छन् ।

नेपालीहरुको महान चाड बडादशै नजिकै आई रहेको बेला रुगाँ गाँउका दलित बस्तीका मानिसहरु बाबियाको कुचो र निगालो बाट डोको टोकरी बनाएर बिक्री गरी दशै मनाउनको लागि प्रत्येक घर परिवार ब्यास्त रहेको हुन् ।

बाबियाको कुचो स्थानिय बजार गमगढी, जुम्ला ,सिन्जा र नजिकै रहेको बिभिन्न बस्तीहरुमा प्रतिगोटा २५ रुपैयामा बिक्री हुन्छ ।

“परापुर्वकाल देखि आफ्ना बुबा बाजेहरुले कुचो बनाउँदै आईरहेको र कुचो बिक्री गरेरै घर खर्च चल्दै आएको हुनाले यो पेशा नछोडोको हौँ, कुचो बिक्री गरी राम्रोसँग दशै मनाउने लक्ष्य रहेको छ ।” रुगा गाँउका ६५ बर्षका ईन्द्रजीत लाबड भन्छन्।

गरिबीको कारण कक्षा १० सम्मको पढाई छोडेर बाबियाको कुचो बनाउने पेशा अँगालेका रुगा गाउँँका बार्ष २८ का कर्णसिंह लावड ६ बर्ष बाट कुचो बनाएर बिक्री गर्दै घरका ५ जना जहान परिवार पाल्दै आएका छन । उनले भने-‘ सबै भन्दा बढी हिजो आज कुचो बिक्री हुन्छ’ । यो बर्षको दशै खर्च जुटाउन, घर परिवारलाई खुसी बनाउनको लागी कुचो बनाएर बजारमा बिक्री गरी दशैको लागि तेल तरकारी ल्याउने र दशै खर्च चलाउँने त्यसपछि नियमित कुचो बनाउर्ने काम भईरहने लावडले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV