२८ आश्विन २०७५, आईतवार
  •  दान बहादुर बुढा

मुगु । नेपालीहरुको महान चाड वडा दशै नजिकीदै गर्दा मुगालीलाई खासै दशैको रनकले छोएको छैन । हिजो आज मुगुलिहरुले खेत बारीमा लगाएको अन्न बाली घरभित्र भित्र्याउने समयमा दशै परेको हुनाले ब्यास्त कामको चटारोले गर्दा मुगालीलाई दशैंको रोनकले नछोएको हो ।

जेठ असारमा ललागएको कोदो,मकै,फापर,धान,कागुनो,चिनो हिजो आज खेत बारीमा लटरम्म पाकीरहेको हुनाले मुगुका स्थानिय बासीहरु बिहान ६ बजे देखि बेलुकी ७ बजे सम्म खेत बारीमा ब्यास्त हुन्छन भर्ने कोही घरमा ल्याएका अन्नबालीको भण्डारनमा ब्यास्त रहेको हुनाले मुगु लगायत हिमाली जिल्ला हुम्ला जुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, दैलेखका स्थानियलाइ दशै नजीक आईरहेको भए पनि अन्न थन्काउने र अन्य कामको चटारोले दशैको चटारो भन्दा कामको चटारो लागेको छ ।

हिजो आज खेत बारीमा पाकेको अन्न बाली संङ्गकलन नगरे नष्ट भएर जाने तथा छाडा पशुचौपायाहरुले खाई दिने स्थानिय बताउँछन् । हुनत हिमाली जिल्लाहरुमा हिमपात हुने हुँदा समयमै यसको ब्यावस्थापन गर्न चाहन्छन् ।

बिदेशमा र स्वदेश शहरमा रहेका नेपालिहरु दशैमा रमाउन र आफन्तहरुलाई भेट घाट गर्न घर आईरहेका मुगुलीहरु घर पुगीसकेपछि दशैमा रमाउनु भन्दा कममा रमाईरहेका छन ।

“कामको चापले हिजो आज खेत बारीमा पाकेको अन्न बाली थन्काउनमा ब्यास्त रहेका छौ, आकासे पानिको भरमा लगाएको खेती खेतबारीमा पाकी सकेको छ । हिजो आज काम नगर कसरी बाल बच्चा घर परिवार कसरी चलाउने ? त्यसैले हामीलाई दशै भन्दा पनि कामको चटारोमा ब्यास्त रहेका छौ ।” खासै दशै लागेको महशुस नभएको छायानाथ रारा नगरपालिका वडा नम्बर १३ थार्प गाउका ५५ बषका सर्जने बोहोराले बताएका छन ।

दशैको खासै महोत्व छैन् । शहरमा गएका दाजु भाई महान चाड दशैमा घर आएपनि असोज कार्तिक महिनामा खेत बारीमा लगाएको अन्नबाली घर भित्र थन्काउने समय भएको हुँदा बच्चा देखि बुढा सम्म काममा ब्यास्त हुने भएको हुँदा खासै मुगुमा दशैको महोत्व नभएको मुगु जिल्ला रारा छायानाथ नगरपालिका थार्प गाँउ बस्ने बाकीलाल नेपाली बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV