२८ आश्विन २०७५, आईतवार

काठमाडौं । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा नेदरल्यान्डले २०१४ को विश्वविजेता जर्मनीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । गए राति नेदरल्यान्डको जोहान क्रुफ एरिनामा भएको खेलमा नेदरल्यान्डले जर्मनीलाई  ३ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा १-० गोल अन्तरको अग्रता लिएको नेदरल्यान्डले दोस्रो हाफमा २ गोल गर्यो । जर्मनीलाई जित दिलाउँनका लागि भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे ।

भान डिजिकले खेल शुरु भएको ३० औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेको थियो । रसिया भएको विश्वकपमा खराव पनि प्रदर्शन गर्दै जमर्नी समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV