२८ आश्विन २०७५, आईतवार

काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका आफ्नै निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।

विसं २०६९ पुस १४ गतेदेखि उन मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए  ।

बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV