२८ आश्विन २०७५, आईतवार

काठमाडौं, २७ असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को २८८ औं एपिसोड हो । आजको यस एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको विशेष एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. वीर अस्पतालका लागि आवश्यक सामान कर्मचारी आफैले सप्लाई गर्छन् !

वीर अस्पतालमा आवश्यक सामाग्री, खरिद ऐन विपरित वीर अस्पतालका कर्मचारीकै कम्पनीबाट खरिद हुने गरेको तथ्य खुलेको छ । वीर अस्पतालको खरिद इकाइमा सहायक रहेका अहेब अरुण महत्तोकै छोरीको नाममा रहेको ऐभरेष्ट नेपाल इन्टरनेशनल प्रालिबाट वीर अस्पतालका लागि आवश्यक बिद्युतिय सामाग्री तथा मेडिकल इक्कुमेन्ट खरिद गरिएको हो ।

२. पशु ढुवानीमा चरम लापरवाही, सरकारी अनुगमन प्रभावकारी भएन

काठमाडौं, २७ असोज । दशैमा मासुको प्रयोग उच्च हुने भएपनि अव्यवस्थीत ढुवानीका कारण उपत्यकाका मासु उपभोक्ता अस्वस्थ मासु खान बाध्य छन् । उपत्यका भित्रिने राँगा, खसी बोका तथा हाँस कुखुराको ल्याउने तरिका निकै क्रुर छ । विभिन्न स्थानमा भएका पशु क्वारेन्टाइन कार्यालय तथा पशु चिकित्सकहरु कै मिलेमतोमा मरेका, बिरामी भएका पशुलाई पनि स्वस्थ भनि ल्याइएको हुन्छ ।

ट्रकहरुमा क्षमता भन्दा धेरै पशु चौपाय खाँदेर ल्याइएको हुन्छ । एक माथी अर्को खादेर नाक तथा पुच्छरमा डोरीले कसेर ल्याइएका पशु कति बाटोमै मर्छन भने कति मरेतुल्य अवस्थमा काठमाडौंमा झर्छन् ।

३. चन्द्रागिरी नगरपालिकाले जवरजस्ती कर उठाएपछि…

काठमाडौं, २७ असोज । काठमाडौंमा संकलन हुने कवाडी वस्तु उपत्यका बाहिर लैजाँदा चन्द्रागिरि नगरपालिकाले अस्वाभाविक कर लिन थालेको छ ।
टोल टोलबाट संकलन हुने पुराना कापी किताब, टिन, फलाम, बोत्तल लगाएतका बस्तु प्रशोधन र प्रयोग लागि उपत्यका बाहिरका उद्योगहरुमा जाने गरेको छ ।

४. खोटाङमा विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण उपभोक्ता मारमा

खोटाङ, २७ असोज । खोटाङको खोटेहाङ गाँउपालिकाका स्थानीय बिद्युत प्राधिकरणका कार्मचारीको लापरवाहीका कारण बढी विद्युत महशुल तिर्न बाध्य छन् ।

बिद्युत प्राकिरण दिक्तेलबाट मिटर रिडिङका लागि जाने कर्मचारी गाँउमा ४/५ महिनामा जाने र अन्तिम महिना सम्मको बिद्युत खपत युनिटका आधारमा महशुलको कायम गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV