२७ आश्विन २०७५, शनिबार

खोटाङ, २७ असोज । खोटाङको खोटेहाङ गाँउपालिकाका स्थानीय बिद्युत प्राधिकरणका कार्मचारीको लापरवाहीका कारण बढी विद्युत महशुल तिर्न बाध्य छन् । बिद्युत प्राकिरण दिक्तेलबाट मिटर रिडिङका लागि जाने कर्मचारी गाँउमा ४/५ महिनामा जाने र अन्तिम महिना सम्मको बिद्युत खपत युनिटका आधारमा महशुलको कायम गर्ने गरेका छन् ।

जस कारण मासिक न्युनतम खपत महशुल ३० रुपैयाँ मात्रै तिरे हुने उपभोक्ताले ६ महिनामा तिर्दा पनि जम्मा १ सय ८० रुपैया तिरे पुग्छ तर खोटेहाङका स्थानीयले ११ सय भन्दा बढी तिर्नुपर्छ ।

किनकी २० युनिटदेखि ३० युनिटसम्मको ७ रुपैयाँ पछ्र्र भने ५० सम्मको ८ रुपैयाँ ५० पैसा पर्छ । ६ महिना पछि मिटर रिडिङ गर्न जाने कर्मचारीले ८ रुपैयाँ ५० पैसाका दरले हिसाब गर्ने गर्छन् ।

र त्यही रसीद बोकेर एक दिनको पैदल हिडँदै दिक्तेल आउने खोटेहाङका स्थानीय अमिलो मुख बनाउँदै बाल्दै नबालेको बिजुलीको महशुल बुझाउँछन् । कच्ची सडकको पहुँच भएपनि सञ्चालनमा नभएपछि मिटर रिडिङ गर्न कर्मचारीहरु जान खाज्दैनन् । यसको हिसाब सोझा गाँउले जनताले तिर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV