२७ आश्विन २०७५, शनिबार
  • बिनय तिम्सीना

इलाम, २७ असोज  । सुन्दा आनौठो लाग्छ कुनै विदेशी जस्ले नेपाल मनपराउँदैन तर उसले आफुले ७४ औँ वसन्त पार गर्दै गर्दा ४३ पटक नेपाल भ्रमण गरी सकेको छ । इटालीयन नागरिक गेओम पाओलो पिइस्हेलेलाई इलाममा २०७५ असोजमा भेट्दा उनले आफु ४३ औँ पटक नेपाल आएको बताए ।

उनले पहिलो पटक नेपालको नाम सुनेका थिए सगरमाथाको देश भनेर एडमन हिल्लारी र तेङजीङ शेपाले १९५३ मा सगरमाथा सफल अरोहण गरेको कुरा विश्व भरी झैलियो त्यो समयमा उनलाई नेपाल जाने इच्छा त जाग्यो तर उनी त्यो समयमात्र ९ वर्षका थिए पछि उनको त्यो चहाना १९७८ मा मात्र पुरा भयो उनी त्यो समय हिमाल हेर्न नेपाल आए र हिमाल हेरेर फर्किएका थिए ।

उनलाई एक पटक आएर नेपाल हेराईको चित्त वुझेन र उनी फेरी नेपाल आए र आइरहन थाले । १९७८ देखी १९९२ सम्म उनी विभिन्न हिमालहरु हेर्न आउए थाले कुराकानीकै क्रममा उनले भने म नेपालका हिमाल हेर्न आएँ प्रया सवै हिमाल हेरी सकेको छु तर म जव १९९२ मा नेपालबाट इटाली फर्किए तव म फेरी नेपाल आउन थाले । यो समय म नेपाल आइरहन्छु किन की म नेपालमा रहेका मेरा नेपाली साथीहरु भेट्न नेपाल आउने गर्दछु ।

उनले अघि सुनाए म इटालीको विद्युत उत्पादक कम्पनीमा काम गर्दथे र सन् २००० मा रिटायर भए र अहिले भने नेपाली दलित महिलाको आर्थिक तथा जीवनस्तर वृद्धिको लागि काम गर्दै आएको हो । उनको नेपालको काठमाण्डौमा ‘एपोरोन’ नाम गरेको संस्था छ। उनकी एक नेपाली धर्म पुत्री र नातीनी पनि भएको भन्दै उनले गर्व गर्दै सुनाए । उनको संस्थाले उपत्यका बाहिर कृषिमा सहयोग गर्ने गरेको छ । उनी भन्नछन् नेपालमा विकास नहुनुको कारण शहरमुखी प्रवितीले गर्दा हो ।

नेपालको मेची देखि महाकाली र काठमाण्डौँ देखि कर्णाली सम्मको मानिससँग सम्पर्कमा रहेका उनी नेपालीहरु शहरका भन्दा गाउँका सहयोगी छन् र उनीहरुलाई सहयोगको खाँचो रहेको पनि बताउँछन् । नेपाल देश गरिव छ तर देशका केही व्यक्तिहरु अत्यधिक धनि छन् र उनीहरुले देशका लागि केही गरेनन् । उनीहरुले विदेशमा व्यापार गर्नुको साटो नेपालमै गर्ने हो भने नेपाल विकसीत र धनि हुने छ । कुनै विदेशिलाई नेपाल मन पर्दैन तर नेपालीको यति मायाँ गर्नु अनौठो कुरा जस्तो लाग्छ ।

वि.सं. २०७२ को माहाभुकम्पको समयमा उनी नेपालमा थिए भुकम्प जानुभन्दा ३ घण्टा पहिले उनी इटाली उडेका थिए । उनी लामो सास तन्दै बताउँछन्–‘धन्न म त्यो समयमा नेपालबाट फर्केछु र बाँचे ।’ उनले इटाली पुगेपछि आफ्नो टोलमा गएर ४२ हजार युरो संकल गरेर लिएर आएर नेपालको धादिङमा सहयोग गरेका थिए । पाओलोको नेपाल आउँने हिमाल हेर्ने क्रम जारी रहँदै गर्दा नेपाली साथीहरु पनि भए उनी १९९२ सम्म नेपालका हिमाल हेर्न आउने गर्दथे १९९२ पछि उनी हिमाल हैन नेपाली साथी भेट्न आउँन थाले अनि नेपालका गाउँ गाउँमा पुग्न थाले ।

वर्षको १ पटक आउने उनी त्यस पछि वर्षमा २ पल्ट नेपाल आउन थाले । २०१५ देखि त उनी वर्षमा ३ पटक सम्म नेपाल आउने गरेका छन् । उनी भन्छन् नेपाल आउने विदेशी पर्यटकहरु नेपाल वुझन र हेर्न आउने हो भने नेपालका हिमाल र काठमाण्डौमा भएका प्राचिन देविस्थल र लुम्विनी, पोखरा हेरेर नर्फकनु होस् । तपाईहरुले असली नेपाल हेर्न त गाउँ गाउँ जानुहोस । उनी अघि थप्छन् जव मैले नम्सामा नेपालको पूर्वी इलाम देखें जान मन लाग्यो र २०१५ मा पहिलो पटक नेपालको पूर्वी इलाम आए मलाई लाग्यो असली नेपाल र नेपाली संस्कृति हेर्न जीवनमा एक पटक नेपालको इलाम आउनै पर्छ । उनी अहिले सम्म ३ पटक इलाम आइसकेका छन् र उनी फेरी पनि इलाम आउने बताउँछन् ।

नेपालको विकास बारे भिन्न धारणा पनि उनले सुनाए बजार र उपत्यकाको विकास गरेर नेपालको कहिल्यै विकास हुने छैन विकासको लागि त हिमाल पहाडको विकास गर्नु पर्छ । कर्णालीको विकास गर्नु पर्छ । नेपालको इलाम देखि कर्णाली सम्म पुगेका उनी खुसी हुँदै सुनाउँछन् कुनै ठाउँ गएर नेपाली सँग कुरा गर्द आफुहरुले भन्दा त तपाईले नेपालको बारेमा धेरै वुझ्नु भएको छ भन्दा उनलाई धेरै खुसी लाग्छ । थोरै नेपाली शव्द बोल्न जान्ने उनी आफुलाई नेपालीमा बाजे भन्ने गरको र त्यसो भन्दा खुसी लाग्ने गरेको पनि बताउँछन् । उनी सँगै नेपाल पहिलो पटक घुम्न आएकी मेरानीकाले पनि नेपाल सुन्दर भएको र इलाम आउँदा नेपाल र नेपालीको स्वागत र सहयोगी भावनाबाट प्रभावित भएको र फेरी नेपाल आउने र नेपालका पहाड र हिमालमा पैदल यात्रा गर्ने कुरा खुसी हुँदै सुनाईन ।

जीवनको ७४ औँ वसन्त पार गर्दै गरेका एक विदेशी इटालीयन नागरिक जस्ले भन्ने गर्दछन् नेपाल मेरो दोस्रो घर हो यहाँका मानिसहरुले दुःख पाएको देख्दा माया लग्ने गरेको र केही सहयोग गर्न आफु आएको बताउँछन् । जसले नेपालको ४३ पटक यात्रा गरिसकेको छ । उनको सवै नेपालीले नेपालको माया गर्नु पर्ने र यही केही गरेर देश विकासमा लाग्ने हो भने असम्भव भन्ने कुनै कुरा नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV