२७ आश्विन २०७५, शनिबार

काठमाडौं, २७ असोज । नेपाल वायुसेवा निगमको पाँचवटा साना जहाजले उड्न शुरु गरेका छन् । निगमले दशैं अगाडी पाँचवटा जहाज तयार गरी दुर्गम क्षेत्रमा उडान भर्ने योजना बनाएको थियो ।

नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले बिहीबारबाट व्यवसायिक उडान सुरु गरेको छ । चिनियाँ जहाजले पछिल्लो समयमा दाङ, डोल्पा, सिमिकोट र लुक्ला लगायतका गन्तब्यमा उडान सुरु गरिसकेको निगमले जनाएको छ । जहाजले शुक्रबार विहान दाङ उडान गरिसकेको छ । काठमाडौं–दाङको उडान शुल्क छ हजार ७० रुपैयाँ रहेको छ भने दाङ–काठमाडौं उडान शुल्क पाँच हजार आठसय ८० रुपैयाँ रहेको छ ।

निगमको जहाजबाट नेपालगञ्ज–डोल्पाको टिकट दर पाँच हजार तीन सय ७५ रुपैयाँ र नेपालगञ्ज–सिमिकोटको टिकट दर सात हजार दुई सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमले दशैं अगाडी पाँचवटा जहाज तयार गरी दुर्गम क्षेत्रमा उडान भर्ने योजना बनाएको थियो । हाल चिनियाँ जहाजमध्ये दुईवटा वाइ १७ सिटे र ५८ सिटे एमए ६० र दुईवटा १९ सिटे ट्विन अटरले उडान सुरु गरिसकेका छन् ।

निगमको चिनियाँ जहाजले केहि दिन अघि बझाङमा परिक्षण उडान गरिसकेको छ । आन्तरिक उडानका लागि भएका जहाज सक्दो छिटो पाएको रुटमा संचालन गर्ने निगमले जनाएको छ । निगमका साना जहाजले फाप्लु, ताप्लेजुङ, रुकुम, भोजपुर, सिमिकोट लगायतका विकट गन्तब्यमा उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV