२७ आश्विन २०७५, शनिबार

काठमाडौं, २७ असोज । देश अनुसार भेष भने जस्तै देश अनुसारको चलन र परम्परा हुने गर्दछ । केही परम्परा यस्ता पनि हुन्छन्, जुन रोचक पनि हुने गर्दछ । यस्तै रोचक उत्सव वा भनौं परम्परा जापानमा पनि छ । जहाँ, हजारौं मानिस लिगं महोत्सवको आयोजना गर्छन् ।

हरेक वर्ष अप्रिल २ तारिकमा जापानको कावासाकीमा स्टिल फालस् अर्थात् लिंग महोत्सव मनाउने गरिन्छ । मार्च महिनाको दास्रो आइतबार मनाइने गरेको यो उत्सव जापानमा १७ औँ शताब्दीमा सुरु भएको थियो ।

जापानका नयाँ विवाहित महिला दुलहीको भेषभुषामा सजिएर उत्सवमा सहभागी हुन सडकमा निस्कन्छन् । काठ वा मैनबाट बनाइएको लिंगसंगै महिलाले सडकमा परेड पनि गर्छन् । यसरी सडकमा निकालिएका लिङ्ग आकारका मैन वा काठलाई सडकबाट हिडाइदै गर्दा छुनेको पनि भिड हुन्छ ।

जसमा यो सात फिटको सबैभन्दा ठूलो काठको लिङ्ग पनि छ जसलाई रथलाई झै थुप्रै मानिसले तानेर सडकमा उतार्छन् । उत्सवमा लिंगका बिभिन्न आकारका खाना मिठाइ, लिंग आकारको खेलौनाको किनबेच समेत हुने गर्दछ ।

सास्कृतिक रुपको चित्रण मात्र गर्दै आएको उक्त उत्सव परिस्कृत हुदै अहिले एचआइभि एडस सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ पनि मनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV