२७ आश्विन २०७५, शनिबार
  • धर्मराज कठायत,

कञ्चनपुर, २७ असोेज । भारतका बिभिन्न शहरहरुमा कामका लागि जानेहरु पाक्नै लागेको धान बाली भित्र्याउन र दशैं तिहारका लागि घर फर्किने नेपालीहरु देशको विभिन्न नाका हुँदै नेपाल भित्रिने क्रम जारी छ । देशको ठूलो नाकाको सम्भावना बोकेको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने नेपालीहरुको यति बेला लर्को लागेको छ ।

यसरी दशैं मनाउन अनुमानित दिनहुँ ३ हजार देखि ४ हजार नेपालीहरु गड्डाचौकी नाका हँुदै घर फर्किने गरेका छन् । तर दशै र तिहारको खुसियाली संगै घर फर्किने नेपालीहरु बिच बाटोमा नै लुटिने क्रम पनि तीब्र बनेको छ । केहि नेपाली भाषा प्रयोग गर्नेहरुले खाना खुवाउने , चिया पिलाउने जस्ता बिभिन्न प्रलोभनमा पारेर लुट्ने पीडाले घर फर्किनेहरु निरन्तर सताइदै आएको छ ।

लुटिनु पर्दाको पीडा एकातिर छ, भने अर्को तर्फ बनवासादेखि महेन्द्रनगर सम्म पु¥याउने सवारी साधन घोडा गाडी टांगाले पनि भाडाको नाममा मनपरि रकम असुल्ने गरेका छन् । त्यसैगरी भारतीय भन्सारमा सुरक्षार्थ खटिएका भारतीय प्रहरीबाट समेत लुटिनु पर्दा नेपालीहरु निराश बनेर घर फर्किने गरेका छन् । लुटिने क्रम निरन्तरको नियति नै बनेको छ ।

भारतीय प्रहरीले ५ रुपैयाँ देखि१ हजार रुपैयाँसम्म मान्छे हेरेर माग्ने गरेको भारतबाट फर्केका मजदूरहरुको गुनासो छ । अहिले दशै तिहारलाई मध्यनजर गर्दै दशगजा क्षेत्रमा नेपालकातर्फबाट नेपाल सशस्त्र र भारतीय सीमा सुरक्षा बल एस एस बीको संयुक्त हेल्प डेस्क स्थापना गरिएको भएपनि यस्को खासै प्रभाव भने देख्न पाइएको छैन । संयुक्त हेल्प डेस्कको स्थापना बाबजुद पनि एस एस बीले समेत चेकजाँचको नाममा अनावश्यक दुःख दिने गरेको घर फर्किने नेपालीहरुले पीडा पोख्दै आएका छन् । यसरि दैनिकजसो नेपाल भारतको सीमापार गर्ने बेलामा भारतीय सीमा चौकीमा नेपालीहरु लुटिदै आएका छन् ।

हुम्ला, जुम्ला, बझाङ्ग, बाजुरा अछाम लगायत दुर्गम पहाडी जिल्लाबाट रोजगारीकालागि हजारौ नेपालीहरु भारत जाने गरेका छन् । आफुले मेहनत मजदुरी गरेर ल्याएको कमाइ सीमामा लुटिदा निक्कै पीडाबोध भएको भन्दै नेपालभित्रै रोजगारीको ब्याबस्था गरिदिन समेत उनिहरुले सरकारसंग माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV