२७ आश्विन २०७५, शनिबार
  • धर्मराज कडायात

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित दोस्रो मिराइ कर्ण बोहरा स्मृति कप क्रिकेटको पाँचौ दिनको खेलमा महेन्द्रनगर युनाईटेड र दोगडा केदार युथ क्लब बैतडी विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले महेन्द्रनगर युनिभर्सललाई १७ रनले हराएको छ । महेन्द्रनगर युनाइटेडले टस जितेर पहिलो व्याटिङ्ग गरेको थियो । उक्त टिमले २० ओभरको समाप्तीमा ६ विकेटको नोक्सानीमा १६० रन बनाएको थियो । १६१ रनको विजयी लक्ष्य पछयाउने क्रममा महेन्द्रनगर युनिर्भसलले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १४३ मात्र बनाएर हार स्वीकार्न बाध्य भएको थियो ।

यस्तै दोस्रो खेलमा दोगडा केदार बैतडीले नेक्सेस रेटलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ्ग रोजेको नेक्सेस रेटले २० ओभरमा ९ विकेटको नोक्सानीमा १२३ रन जोडेको थियो । १ सय २४ रनको लक्ष्य पछ्याउन मैदानमा लागि मैदानमा उत्रेको दोगडा केदारले १५.५ ओभरमा ३ विकेटको नोक्सानीमा आफनो १२७ रन बनाउदै सहज जित हात पारेको थियो ।

उक्त खेलमा दोगडा केदारको टिमबाट भुपेन्द्र चन्दले ३ ओभर बलिङ गर्दै १३ रन दिएर ५ विकेट लिन सफल भएका थिए । सो खेलमा दोगडा केदारको तर्फबाट सन्दीप जोराले उत्कृष्ट व्याटिङ्ग गर्दैं ६० रन बनाएका थिए । खेलका म्यान अफ द म्याज भुपेन्द्र चन्द घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV