२७ आश्विन २०७५, शनिबार

रामेछाप, २७ असोज । रामेछापका जनप्रतिनिधिले संघीयताको पहिलो कार्यन्वयन, कमर्मचारी र कार्यालय व्यवस्थापन समयमै हुन नसक्दा जनतालाई सेवा दिन समस्या परेको गुनासो गरेका छन् ।

दोरम्बा गाँउपालिकाले गरेकोसार्वजनिक सुनवाईमा जनतालाई सर्वसुलभ ढंगले सेवा दिनका लागि जनप्रतिनिधिहरु जति आतुर रहे पनि कर्मचारी व्यवस्थापन, कार्यालयको स्थापना, नीति तथा कानूनको अभावका कारण जनतालाई सेवा दिन नसकेको बताएका हुन् ।

गाँउपालिकले प्रवाह गरेको सेवा तथा सुविधाको बारेमा जनतासंगको सवाल जवाफमा जनताले सेवा लिन झनझटिलो, ढिलाई तथा समयमै नपाएको गुनासो गरेपछि जनप्रतिनिधिहरुले जनतालाई दिने सेवामा कञ्जुस्याई नगरेको बरुनीति तथा कानून, कार्यालय र कर्मचारीको अभावले सेवा प्रभावित बनाएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV