२७ आश्विन २०७५, शनिबार

काठमाडौँ, २७ असोज । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई खेलकुद प्रेमी र शुभेच्छुकले स्वागत गरेका थिए ।

तर, टोलीको स्वागतका लागि कुनै पनि खेल पदाधिकारी विमानस्थल पुगेका थिएनन् । क्रिकेट प्रेमी र शुभेच्छुको स्वागत ग्रहण गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको पहिलो लक्ष्य भनेको टि ट्वान्टी विश्वकप खेल्नु रहेको बताउदै यो लक्ष्य आफुहरुले चुमेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मलेसियामा भएको प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरबिरुद्धको खेल वर्षाका कारण रद्ध भएको थियो ।

एशिया उपक्षेत्रीय छनोट बी बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन् । उपक्षेत्रीय छनोट ए बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV