२७ आश्विन २०७५, शनिबार

काठमाडौं, २७ असोज । सञ्चारकर्मी राजिव के. श्रेष्ठको निर्देशनमा बनेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । श्रेष्ठको निर्देशनमा बनेको ‘जब देखि देखे मैले तिमीलाई’ गीतको भिडियो युट्युवमा सार्वजनिक गरिएको हो ।

‘जब देखि देखे मैले तिमीलाई’ गीतलाई गायक रुपेश ढंगाेलले स्वरबद्ध गरेका छन् । सुनिल महर्जनको शब्दमा गायक रुपेश डंगोलले संगीतबद्ध गरेका छन् । भुपेन बज्रचार्यको एरेञ्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा नैना खड्गी र रेक्स रञ्जितकारले फिचरिङ गरेका छन् । भिडियोलाई विभेक बिकले सम्पादन गरेका हुन्, भने बसन्त महर्जनले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV