२७ आश्विन २०७५, शनिबार

बुटवल, २७ असोज । बुटवल उप–महानगरका मेयर शिव सुवेदीले देशमा आमुल परिवर्तन आए पनि मानिसको बानी ब्यवहारमा परिवर्तन आउन नसकेको बताएका छन् ।

रुपन्देही ब्यापार संघले गत शनिबार विजय दशमी, शुभ दिपावी तथा छठ पर्वको अवसरमा राखेको शुभकामना आदन प्रदान कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । मेयर स्ुवेदीले भने– ‘अहिलेको परिवर्तन युगिन परिवर्तन हो । यस्तो परिवर्तन ल्याउन अन्य मुलुकले ठुलो क्षति भोगेका थिए तर हामीले कम क्षतिमा ठुलो परिवर्तन ल्याएका छौं । तर, हाम्रो बानी ब्यवहारमा भने परिवर्तन आउन नसक्दा साँचो अर्थमा परिवर्तन आउन नसकेको हो ।’

मानिसको बानी ब्यवहारमा परिवर्तन नआएसम्म कागजी परिवर्तनले मात्र देशको विकास हुन नसक्ने, हाम्रा चाड–पर्व, रीति रिवाज भड्कीला भइरहने भएकोले परम्परागत बानी ब्यवहारमा सुधार ल्याउनै पर्नेमा मेयर सुवेदीले जोड दिए ।

कार्यक्रममा प्रदेश ५ का क्षेत्रिय प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी राजेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष गोेविन्द गैरे, होटल तथा रेष्टुरेण्ट संघका अध्यक्ष समुन्द्र, ब्यापार संघका निर्वतमान अध्यक्ष प्रकाश ढकाल, पुर्व अध्यक्ष शंकर भट्टराई, सल्लाहकार डाक्टर रोहितराज क्षेत्री लगायतले आफ्ना कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV