२७ आश्विन २०७५, शनिबार

काठमाडौं । दशैंको समयमा बजारमा मोबाइल खरिदगर्नेहरुको भिड बढेको छ । विभिन्न कम्पनी तथा मोबाइल शोरुमहरुले अफर सहित मोबाइल विक्री गरिरहेका छन् । ताम्राकार हाउसमा रहेको भर्जिन मोबाइलले पनि आकर्षक अफर सहित मोबाइल तथा अन्य घरायसी प्रयोगका सामान विक्री गरिरहेको छ ।
आधुनिक युगसंगै मोबाइल अत्यावस्यक वस्तु जस्तै भएको छ । त्यसैलेपनि मोबाइलको बजार नेपालमा बढदै गएको छ । नेपालमा एक सय भन्दा बढी ब्राण्डका मोबाइल भित्रिइसेका छन्।

खासगरि वर्षभरमा विक्री हुने मोबाइल मध्ये दशैं तिहार छठ जस्ता पर्वका बेला आधा भन्दा बढी मात्रामा विक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । कठमाडौं न्यूरोडको ताम्राकार हाउसमा एघार वर्ष देखि मोबाइल विक्री गर्दै आएको भर्जिन मोबाइल शोरुमले दशैं लक्षित अफर सहित विभिन्न ब्राण्डका मोबाइल उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV