२७ आश्विन २०७५, शनिबार

काठमाडौं । देश अनुसार फरकफरक चलन र परम्परा हुने गर्दछ । सांस्कृतिक परम्पराको निरन्तरतामा देश अनुसराको परम्परा धेरैलाई रोचक पनि हुने गर्दछ । यस्तै, स्पेनमा मनाइने परम्परा यति रमाईलो छ कि जहाँ नवजात शिशुलाई नाघ्ने गरिन्छ ।

स्पेनमा मनाउने एउटा चाड–बेबी जम्पिाङ । जसमा नावजात शिशुलाई बाटोमै राखेर नाघ्ने गरिन्छ । खासमा यो उत्सवको नाम एइ कोलाचो हो । स्पेनका बासिन्दाले सन् १६२० देखि यो परम्परा मान्दै आएका छन् ।

नवजात शिशुहरुलाई बाटामै तकियामाथि राख्ने गरिन्छ । र, पहेलो पोशाकमा राक्षसको भेषमा आएका व्यक्तिले बाटोमा राखिएका बच्चालाई नाघ्ने गर्दछन् । नवजात शिशुलाई यसरी नाघ्दा पछिल्लो जन्मको सवै पापबाट मुक्त हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV