२७ आश्विन २०७५, शनिबार

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका रातोमोटेमा पुन: बस दुर्घटना भएको छ । काठमाडौैंबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस शनिबार दिउँसो अन्यन्त्रीत भई दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले दिएको जानकारी अनुसार बसमा ३० जना सवार थिए । जसमध्ये एकजना घईते भएको र अन्यको अवस्था सामान्य रहेको यादवले जनाएका छन् ।

बस सडकमै पल्टेकाले ठुलो मानवीय क्षति हुन नपाएको हो, बस सडकबाट तल खसेको भए ठुलो मानवीय क्षति हुन सक्ने प्रमुख एसपी रामेश्वर यादवले बताए । हिजो मात्र सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV