२७ आश्विन २०७५, शनिबार
  • अमर काफ्ले

इनरुवा । इनरुवा नगरपालिकाका प्रमुख (मेयर) राजन मेहताले पूर्वप्रहरी संगठन इकाई कार्य समिति, इनरुवाका लागि भवन बनाइदिने बताएका छन् ।

नगरपालिकामा आयोजित नेपाल पूर्वप्रहरी संगठन इकाई कार्य समिति इनरुवाको दशैंकाे शुभकामना आदान-प्रदान कार्यक्रममा नगर प्रमुख मेहताले संगठनका लागि भवन बनाइदिने प्रतिबद्धता जनाएका हुन् । मेहताले आफ्नो कार्यकालभित्रमा भवन निर्माण कार्य सम्पन्न गर्ने वाचा जनाएका छन् ।

स्थानीय सरकार नगर विकास लगायतका समग्र क्षेत्रकाे विकासका लागि कटिबद्ध रहेको उनकाे भनाइ थियाे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी नायब महानिरीक्षक तथा पूर्वप्रहरी संगठन प्रदेश १ का उप संयोजक भक्तिनाथ माझी थिए । उनले विगतको भोगाइ र सिकाइलाई वर्तमानमा अँगालेर समाज सुधारसहितको समुन्न्त राष्ट्र निर्माणमा लाग्न पूर्व प्रहरीहरु समक्ष आग्रह गरे ।

कार्यक्रममा पूर्व प्रहरी कर्मचारी समेत रहेका इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई संगठनको आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । तत्कालीन समयमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक रहेका मेहता जागिर छाडी राजनीतिमा होमिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV