२७ आश्विन २०७५, शनिबार

कांग्रेस नेता प्रदीप पौडेलले राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई कुर्सी छाड्न सुझाब दिएका छन् । पश्चिम रुकुमको आठबिसकोटमा लोकेन्द्र बटालाको २०औँ स्मृतिसभामा पौडेलले सरकार नेतृत्व गर्ने क्षमता प्रधानमन्त्री केपी ओलीसँग नभएको बताएकाे खबर अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ ।

सरकारले जनतामा निराशा थपेको आरोप लगाउँदै उनले जन अपेक्षामा धोका भइरहेको जिकिर गरे । ‘ओली नेतृत्वको सरकारले एउटा पनि नयाँ काम गर्न सकेको छैन । जनता उल्टै निराश छन् । परिवर्तनका मुद्दा र विषयप्रति जनतामा निराशा आउनुको कारण प्रधानमन्त्री हुनुहुन्छ,’ पौडेलले भने, ‘तपाईंले काम गर्न सक्नुभएन । राम्रो काम गर्नेलाई छाडिदिनुस् ।’

जनयुद्धमा रुकुमको योगदान ठूलो भए पनि माओवादीले बोकेको लक्ष्यलाई नेताहरूले प्रतिबद्धतामै सीमित गरेको पौडेलको भनाइ थियो । ‘यो जिल्लाले जनयुद्धमा धेरै ठूलो योगदान ग¥यो । जुन लक्ष्यले मानिस जनयुद्धमा लागे के त्यो लक्ष्य आज पूरा भयो त ?’ पौडेलले प्रश्न गरे, ‘एमालेमा माओवादी विलय भएपछि के परिवर्तन ल्यायो ? बुर्जुवा शिक्षामा के परिवर्तन भयो ?’

प्रतिक्रिया दिनुहोस्

LIVE TV