२७ आश्विन २०७५, शनिबार

काठमाडाैँ । बेपत्ता रहेकाे भनिएका पत्रकार जमाल खशोगीलार्इ साउदी वाणिज्यदूतावासमा मारिएकाे अाशंका गरिएकाे छ । ती पत्रकार साउदी  वाणिज्यदूतावासभित्रै मारिएकाे पुष्टि गर्ने श्रव्य तथा दृश्य प्रमाण टर्कीसंग रहेको भन्ने विवरणहरु सार्वजनिक भएका छन् । यस घटनाबारे छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगिसकेको छ ।

साउदी सरकारको कडा आलोचकका रुपमा दरिएका पत्रकार जमाल खशोगी गत अक्टोबर २ तारिखमा साउदी वाणिज्यदूतावासमा प्रवेश गरेकाे बताइन्छ । त्यसयता उनी बेपत्ता छन् ।

यसैबीच, अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ ।

तर अमेरिकी विवरणहरूका अनुसार टर्कीका अधिकारीहरू आफूसंग रहेको अडिओ र भिडिओ रेकर्डिंगले जमाल खशोगीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावासभित्र मारिदिएकाे हाे भन्ने प्रमाणित गर्नेमा विश्वस्त छन् ।

के छ प्रमाण ?

पत्रकार जमाल खशोगीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसंग सुरक्षित रहेकाे दाबी गरिएकाे छ ।

खशोगी बेपत्ता भएकाे भनिएको घटनाको छानविनसंग निकट समाचार स्रोतले बताएअनुसार टर्कीले औपचारिक रुपमा त ति साउदी पत्रकार बेपत्ता भएका नै भन्ने छ तर अंकारालाई ती पत्रकार मारिएकाे भन्ने स्पष्ट रुपमा नै ज्ञात रहेकाे बिबिसीले लेखेकाे छ । टर्कीको गुप्तचर निकायसंग ती पत्रकारको हत्या भएको घटनाको अभिलेखिकृत प्रमाण नै रहेको बताइएकाे छ ।

यस विषम परिस्थितिमा पनि टर्कीले घटनाका सम्बन्धमा संयुक्त छानविन गर्ने साउदी प्रस्ताव स्वीकार गरेको छ । यसलाई अंकाराले रियाधसंगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक व्यवस्थापन गर्ने प्रयासका गरेको संकेतका रुपमा लिइएको छ।

तर साउदी अरेबियाले भने पनि औपचारिक रुपमै आफू विरुद्धका सबै आरोपहरुको खण्डन गरेको छ र उसले खशोगी दूतावासमा प्रवेश गरेकाे दिन केही समयमै उनी बाहिरिएकाे दाबी गर्दै अाएकाे छ । (बिबिसीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV