२६ आश्विन २०७५, शुक्रबार

पछिल्लो महिनाको आयात

काठमाडौं, २६ असोज । नेपालको अर्थतन्त्र निर्यात भन्दा आयातमुखी छ । वर्सेनि नेपाललमा आयात हुने सामग्रीको सङ्ख्या र मात्रा बढ्दै छ । आर्थिक वर्ष २०७३/७४ को तथ्याङ्क अनुसार नेपालको आयात देशको कुल बजेट भन्दा बढी मूल्य बराबरको भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७४÷७५को पछिल्लो दुई महिनाको तथ्यांक पनि भयावह छ । हेरौं, चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा कुन देशबाट कति मूल्य बराबरको सामान आयात भयो ?

भारतबाट

  • साउनमाः ७१ अर्ब ३० लाख ९८ हजार रुपैयाँ
  • भदौमाः १ खर्ब ४६ अर्ब २२ करोड ७ लाख ६५ हजार रुपैयाँ

चीनबाट

  • साउनमाः १ खर्ब ४९ अर्ब ३९ करोड २० लाख ४ हजार रुपैयाँ
  • भदौमाः २९ अर्ब १३ करो २५ लाख ८४ हजार रुपैयाँ

फ्रान्सबाट

  • साउनमाः १२ अर्ब ८२ करोड ३२ लाख ९७ हजार रुपैयाँ
  • भदौमाः १२ अर्ब ९६ करोड ६५ लाख ३८ हजार रुपैयाँ

दुवई

  • साउनमाः २ अर्ब १८ करोड ८९ लाख ७५ हजार रुपैयाँ
  • भदौमाः ५ अर्ब ९२ लाख २० हजार रुपैयाँ

क्यानडाबाट

  • साउनमाः १ अर्ब ९७ करोड १५ लाख १९ हजार रुपैयाँ
  • भदौमाः २ अर्ब ६९ करोड ३५ लाख २४ हजार रुपैयाँ

स्विजरल्याण्डबाट

  • साउनमाः १ अर्ब ४७ करोड ५५ लाख ९१ हजार रुपैयाँ
  • भदौमाः २ अर्ब ८६ करोड ६९ लाख ४७ हजार रुपैयाँ

थाइल्याण्डबाट

साउनमाः १ अर्ब २० करोड ८९ लाख ४२ हजार रुपैयाँ
भदौमाः २ अर्ब ५९ करोड १६ लाख ३३ हजार रुपैयाँ

अर्जेन्टिनाबाट

साउनमाः १ अर्ब १२ करोड ६ लाख ७५ हजार रुपैयाँ
भदौमाः १ अर्ब ९७ करोड ५२ लाख ६७ हजार रुपैयाँ

मलेसियाबाट

साउनमाः ९६ करोड ८ लाख ६ हजार रुपैयाँ
भदौमाः १ अर्ब ७६ करोड ४५ लाख ९७ हजार रुपैयाँ

दक्षिण अफ्रिकाबाट

साउनमाः ९२ करोड १७ लाख ३८ हजार रुपैयाँ
भदौमाः १ अर्ब ९१ करोड ८७ लाख ५७ हजार रुपैयाँ

साउदी अरबबाट

साउनमाः ९१ करोड ६६ लाख ५३ हजार रुपैयाँ
भदौमाः १ अर्ब ७९ करोड ५३ लाख ५५ हजार रुपैयाँ

टर्कीबाट

साउनमाः ८७ करोड ९७ लाख ८७ हजार रुपैयाँ
भदौमाः १ अर्ब ४४ करोड २६ लाख ८८ हजार रुपैयाँ

युक्रेनबाट

साउनमाः ८६ करोड ६९ लाख २० हजार रुपैयाँ
भदौमाः १ अर्ब २६ करोड ७५ लाख ८ हजार रुपैयाँ

इन्डोनेसियाबाट
साउनमाः ८४ करोड ८ लाख ६१ हजार रुपैयाँ
भदौमाः २ अर्ब ८ करोड ६९ लाख ५० हजार रुपैयाँ

अमेरिका
साउनमाः ८१ करोड ८ लाख १७ हजार रुपैयाँ
भदौमाः १ अर्ब ४६ करोड ३६ लाख ३५ हजार रुपैयाँ

कोरियाबाट
साउनमाः ७६ करोड ६४ लाख ९५ हजार रुपैयाँ
भदौमाः १ अर्ब ६६ करोड ७२ लाख ७९ हजार रुपैयाँ

भियतनामबाट
साउनमाः ७४ करोड २९ लाख ५३ हजार रुपैयाँ
भदौमाः १ अर्ब ५६ करोड ३४ लाख ८६ हजार रुपैयाँ

अस्ट्रेलियाबाट
साउनमाः ६३ करोड ६५ लाख १६ हजार रुपैयाँ
भदौमाः १ अर्ब ६५ करोड ४५ लाख ३२ हजार रुपैयाँ

जर्मनी
साउनमाः ६१ करोड ४० लाख ६३ हजार रुपैयाँ
भदौमाः १ अर्ब ३ करोड ८९ लाख १९ हजार रुपैयाँ

जापानबाट

  • साउनमाः ४५ करोड ८ लाख ७८ हजार रुपैयाँ
  • भदौमाः १ अर्ब ३ करोड ३२ लाख ९० हजार रुपैयाँ

यो तथ्यांकका अनुसार देशमा आयात हुने बस्तु र त्यसको मात्रा बढिरहेको छ । जुन देशको अर्थतन्त्रका लागि दुखद पक्ष हो ।

चालु अर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले कुल २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजार रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले सामान आयात गर्ने १५५ देशहरुमध्ये सबैभन्दा बढी भारतबाट ६२ दशमलदब ९ प्रतिशतको अयात गरेको छ भने चीनबाट १२ दशमलव ५ प्रतिशत आयात गरेको छ । र बाँकी अन्य देशहरुबाट गरेको छ । चालु अर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले झण्डै साढे २ खर्ब बराबरको आयात गरेको छ ।

यहीं अनुपातमा अन्य महिनाहरुमा पनि आयात हुने हो भने यो आर्थिक वर्षमा नेपालको आयात रकम अघिल्लो आर्थिक वर्षको भन्दा बढी हुने संभावना छ ।

दुई तिहाई बढी नागरिक कृषि पेसामा आवद्ध भएको देशमा दाल, चामलदेखि फलफूल र तरकारी समेत विदेशबाट ल्याउनुपर्ने पट्यारलाग्दो यथार्थ भोगिरहेका छौं, हामीहरु । चालू आर्थिक वर्ष दुई महिनामा मात्रै १० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको तथ्यांक छ ।
जिउँदा पशुः

१ अर्ब ६१ करोड ५९ लाख ४९ हजार रुपैयाँ

पशुबाट उत्पादित खाद्य समग्री (अण्डा, महलगायत)

४३ करोड ९४ लाख ४ हजार रुपैयाँ

तरकारीः

६ अर्ब ११ करोड ७१ लाख २८ हजार रुपैयाँ

फलफूलः

३ अर्ब १६ करोड ७४ लाख ९५ हजार रुपैयाँ

चिया/ कफिः

१ अर्ब ७३ करोड २४ लाख ९५ हजार रुपैयाँ

चिनी तथा मिठाईः

१ अर्ब १६ करोड ६ लाख १२ हजार रुपैयाँ

अनाजः

१० अर्ब ५७ करोड ८९ लाख ४ हजार रुपैयाँ

सुर्तीजन्य वस्तुः

५८ करोड ४० लाख ७० हजार रुपैयाँ

नुन/सल्फरः

४ अर्ब ५४ करोड ४० लाख १९ हजार रुपैयाँ

पेय पदार्थः

१ अर्ब ५२ करोड ८२ लाख ८५ हजार रुपैयाँ

तयारी अनाज (पिठो, पाउडर दूधलगायत)

१ अर्ब ६२ करोड ९८ लाख ८९ हजार रुपैयाँ

खेलौना तथा खेलकुदका सामानः

४८ करोड १४ लाख ४३ हजार रुपैयाँ

इलेक्ट्रोनिक्स सामानः

१९ अर्ब ७५ करोड ३३ लाख १९ हजार रुपैयाँ

सवारी साधनः

२५ अर्ब ६ करोड ५६ लाख ९१ हजार रुपैयाँ

फलाम तथा स्टिलः

१७ अर्ब १८ करोड ६९ लाख ४ हजार रुपैयाँ

कटनः

१७ अर्ब ८ करोड ९९ लाख ८ हजार रुपैयाँ

सिल्कः

४ करोड ३४ लाख ४ हजार रुपैयाँ

कागजजन्य सामग्रीः

६७ करोड ८७ लाख ७७ हजार रुपैयाँ

फोटोग्रफिक सामग्रीः

२८ करोड ९६ लाख १० हजार रुपैयाँ

औषधिजन्य उत्पादनः

८ अर्ब ६६ करोड ९३ हजार रुपैयाँ

चालु आर्थिक वर्षको दुई महिनामा नेपालले गरेको आयात फलफुल, तरकारी र खाद्यान्नलगायतका वस्तु र त्यसको मूल्य हेर्ने हो भने नेपालले आत्मनिर्भर अर्थतन्त्रका लागि अझै व्यापक प्रयास गर्न जरुरी छ । आयातलाई नघटाएसम्म मुलुकको खास विकास सम्भव नभएको विज्ञहरुको भनाई छ ।

तथ्याङकअनुसार देशको अर्थअवस्था निकै जर्जर छ । आयातको तुलनामा निर्यात अत्यासलाग्दो छ । देशमा समृद्धिको ठूला कुरा भएपनि अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने कुनै ठोस पहल भएको छैन । उत्पादनभन्दा आयातमा जोड दिएका कारण देशको अर्थस्थिति दयनीय अवस्थामा पुगेको हो ।

आवश्यकता भन्दा कम उत्पादन, सिमित उद्योग, नयाँ उद्योग खोल्ने पहलको अभाव, नीतिगत समस्या र लगानी गर्ने वातावरणकै अभाव हुनु जस्ता कारणले आयात र निर्यात बिचको खाडल निकै गहिरो हो । अब पनि स्वदेशमा नै वस्तु उत्पादनलाई जोड नदिने हो भने देशको अर्थतन्त्र झन् धरासायी बन्ने निश्चित छ ।
दुई महिनामा दुई खर्बको आयात, अझै समृद्धिको गफ मात्र हान्ने प्रधानमन्त्री ज्यू ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV