२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २६ असोज । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च बृद्धि भएको छ ।

बिहीबार प्रति तोला ५९ हजार ३ सय रुपैयामा कारोबार भएको फाइन गोल्ड बिहीबार ७ सय रुपैयाँले बढेर ६० हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन पनि ७ सय रुपैयाँले बढेर ५९ हजार ७ सय रुपैयाँमा खरिदविक्री भएको छ ।

त्यस्तै चाँदी ५ रुपैयाँले बृद्धिभई ७ सय ४० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले प्रति दश ग्राम फाइन गोल्डको मूल्य ५१ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुनको मूल्य ५१ हजार १ सय ८५ रुपैयाँ र चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ तोकेको छ ।

नेपालमा डलरको भाउमा अत्यधिक बृद्धि भएका कारण सुनचाँदीको भाउमा पनि बृद्धि भएको हो ।

LIVE TV