२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २६ असोज । सेयर बजारमा यो साता परिसूचक नेप्से सामान्य रहेको छ । कारोबार रकम भने अघिल्लो साता भन्दा घटेको छ । चाडवाडको समयमा लगानीकर्ताको उपस्थिति कम हुँदा कारोबारमा गिरावट आएको हो ।

यो साता शेयर बजारमा परिसूचक नेप्से शुन्य दशमलव नौ एक अंकले बढेर १ हजार २ सय २८ अंक माथि बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलव आठ अंकले बढेर २ सय ६१ अंकमा बन्द भएको छ ।

बजारमा तरलता सहज भएपछि कम्पनीहरुले उच्च नाफा दिन सक्ने आकलनका कारण लगानीकर्ताले कारोबार बढाउँदा एकमहिना यता नेप्से बढेको थियो । तर दशैं लागेसंगै बजारमा लगानीकर्ताको उपस्थिति कम हुँदै जानु र बैंकहरुले पनि अपेक्षा अनुरुप व्याजदर घटाउने सम्भावना कम देखिएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न लागेका छन् जसले गर्दा कारोबार रकम संगै परिसूचक नेप्से दवावमा परेको हो ।

यो साता १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा सामान्य रहेपनि लगानीकर्ताले उच्च लाभांश वितरण गर्ने आशामा केही कमर्शियल बैंकको शेयरमा लगानी बढाएको देखिन्छ । माछापुच्छ«े बैंक, एनआइसी एसिया, एनएमबी बैंक, लगायतका बैंकको शेयर कारोबार उच्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV