२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं । शुक्रबार विभिन्न कम्पनीहरुका वित्तीय गतिविधिहरु सार्वजनिक भएका छन् । बोनस वितरण गर्ने देखि हकप्रद विक्री सम्मका गतिविधिहरु सार्वजनिक भएका हुन् ।

एनएमबी क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ का लगानीकर्तालाई लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले एनएमबी म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ का ईकाईधनीहरुलाई मुनाफाबाट कर सहित २१ दशमलव शुन्य पाँच दुई छ तीन प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।

  • एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को लाभांश
  • संचलक समितिको नगद लाभांश दिने प्रस्ताव
  • कर सहित २१.०५२६३ प्रतिशत लाभांश वितरण हुने
  • एनएमबी क्यापिटलको साधारण सभाबाट पारित भएपनि लगानीकर्ताले पाउने

गरिमा विकास बैंक

शेयरधनीलाई १३ दशमलव सात पाँच पँच प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको निर्णयलाई गरिमा विकास बैंकको साधारण सभाले पारित गरेको छ । बैंकले चुक्ता पुँजीको दश १० प्रतिशत बोनस शेयर र ३ दशमलव सात पाँच पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव परित गरेको हो । बैंकले २५ करोड ३४ लाख ८८ हजार रुपैयाँको बोनस शेयर र ९ करोड ५० लाख ५८ हजार रुपैयाँको कर सहित नगद लाभांश दिन लागेको हो ।

  • गरिमा विकास बैंकको आकर्षक बोनस र नगद लाभांश
  • १३.७५५ प्रतिशत लाभांश वितरण गर्ने
  • १० प्रतिशत बोनस शेयर
  • ३.७५५ प्रतिशत नगद लाभांश
  • ३५ करोड रुपैयाँ वितरण गर्दै

प्रतिक्रिया दिनुहोस्

LIVE TV