२६ आश्विन २०७५, शुक्रबार
  • भगिश्वर लिम्बु,

तेह्रथुम, २६ असोज । जापान र सिंगापुरमा समेत निर्यात हुने नेपाली कागज उद्योग चार वर्षदेखि बन्द रहेको छ । दक्ष जनशक्ति र कच्चापदार्थ अभाव भएपछि नेपालको पहिचान बोकेको तेह्रथुमको आठराई–खाम्लालुङमा रहेको उद्योग खोल्न पहल समेत हुन सकेको छैन ।

तेह्रथुमको आठराई गाउपालिका खाम्लालुङमा सञ्चालन गरिएको नेपाली हाते कागज उद्योग अझै बन्द छ । सुरुमा लेदो बनाउने मेसिन विग्रीएपछि उत्पादन रोकिएको उद्योग अहिले कवाडीमा परिणत हुँदैछ । दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण उद्योग सञ्चालनमा कठिनाई देखिएको छ ।

उद्योग बन्द रहँदा त्यहाँ कार्यरत १० कामदार पनि बेरोजगार बनेका छन् । लेकाली जंगलमा पाईने स्थानीय जातको लोक्ता र अर्गेलीको बोक्रालाई प्रशोधन गरेर हाते कागज बनाउने गरिन्छ । अहिले लोक्ता र अर्गेलीको उत्पादनमा पनि कमि आएको छ । उद्योग सञ्चालनमा रहँदा प्रशस्तै आम्दानी हुने गरेको थियो ।

पाट प्रशोधन गरेर उद्योगले दैनिक १ हजार ताउसम्म हाते कागज उत्पादन गर्दै आएको थियो । यहाँ उत्पादित हाते कागजको बजार नेपालका विभिन्न शहरहरु मात्र होइनन, जापान र सिंगापुर समेत हुन् । जापानको पैसा समेत नेपाली कागजबाटै बनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV