२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले विजयी शुरुआत गर्दा हिमालयन शेर्पा र एपीएफ गोल रहित बराबरीमा रोकिएका छन् । एन्फा मैदान सातदोबाटामा भएको दोस्रो खेलमा मनाङले व्रिगेड ब्वाईजलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा सुखद् शुरुआत ग¥यो ।

मनाङले पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । २८औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए । डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले बचाउन नसक्दा गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको शुरुमै मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५७औं मिनेटमा वलावाले अफिजले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याए । मनाङले तेस्रो गोल इन्जुरी समयमा गरेको थियो । यस पटक पनि नाइजेरियाली स्ट्राइकर अफिजनै हावी भए । यसअघि शुक्रबार नै भएको पहिलो खेलमा हिमालयन शेर्पा र विभागीय टोली एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

निरस खेलमा दुवै टोलीले एउटा पनि सशक्त प्रहार गर्न सकेनन् । योसँगै ए डिभिजिन लिगको पहिलो चरणको खेल सकिएको छ । असोज १३ गतेबाट शुरु भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण केहिदिन स्थगित भएर असोज २४ गतेबाट पुनः शुरु भएको थियो । लिगका बाँकी खेल तिहारपछि मात्रै हुनेछन् ।

LIVE TV