२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को छायाङ्कन यतिबेदा दार्जिलिङमा भइरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ सकिएको निर्माण पक्षले जानकारी दिए । चलचित्रका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार चलचित्रको दुई वटा गीत र ५० प्रतिशत छायाङ्कन सकिसकेको र तिहार सम्म चलचित्रको सम्पूर्ण छायाङ्कन सकिने बताए ।


लिलीबिलीबाट जसिता र प्रदीपको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडी उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका लभ स्टेशनबाट पुन आँउदैछन् । चलचित्रमा प्रदीप र जसिताको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गोविन्द शाही र नायक प्रदीप खड्काले मिलेर बनाएका हुन् । दार्जिेलिङ, कालिङपोङ हुदैँ सिक्किम, फिक्कल लगायतका स्थानमा चलचित्रको छायाङ्कन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV