२६ आश्विन २०७५, शुक्रबार

बझाङ, २६ असोज । विगतका वर्षहरु जस्तै यो वर्ष पनि विष्णाको दशैं त्रिपालको छहारीमै हुने भएको छ । प्लाष्टिकका टुक्राहरु र कार्टुनहरुको ढोका बनाएर त्यहि भित्रका बास छ । उनि एकल महिला पनि हुन् । खान बस्नलाई समेत धौधौ छ, उनलाई ।

बिहान बेलुकाको छाक टार्नका लागि पनि उनि दिनभर गाउँ डुल्नु पर्ने बाध्यता छ । दिनमा कसैको केहि काम गर्न पाए उनको बिहान बेलुकाको लागि छाक टर्छ, नत्र भाक भोकै रात बिताउन बाध्य छन् ।

स्थानीय चुनावका बेला उम्मेद्वारहरुले सबैलाई समान ब्यवहार गरि सबैको पहुच निर्माण गरिदिने कसम खाएको भए पनि विष्णालाई भने न सिंह दरबारको अधिकारले छोएको छ, नत सथानीय तहका कसम खाने जनप्रतिनिधिहरुले नै महसुुस गर्न सकेका छन् । अझैं पनि विष्णाको दुखका दिनहरु जस्ताको तस्तै छ ।

जुनसुकै चाडबाडहरु आउँदा पनि त्रिपाल भित्रै बसेर खाई नखाई नमिठो मनलाई सम्माल्दै खुसीको मुस्कान दिनु पर्ने विष्णुको बाध्याता कायमै छ । यो सुदुरको पहाडी जिल्ला बझाङको केदारस्यँ गाउपालिका ८ झोता बजारमा पाल भित्र वर्षौंदेखि बस्दै आएकी विष्णा बादीको बाध्याता हो ।

गाँउ गाँउमा सिंहदरबार आए तर विष्णाको लागि नत सिंहदरबार नै आयो, नत जनप्रतिनिधिहरुनै । जिल्लाको थलारागाँउपालिका खोलिमा माईती भएकी विष्णाको यो पीडा अहिलेको हैन, वर्षौं देखिको हो ।

सानै उमेरमा आमा बुबा गुमाएकी विष्णालाई मन नहुदा नहुदै पनि बुंगल नगरपालिमा पाउटा बसोबास गर्ने टिका बादीको जिम्मा लगाइदिए उनका आफन्तहरुले ।

त्यतिबेला खाइलाग्दो जोवनीसँगै विष्णाले टिकासँग विवाह गरिन् । जे होस् उनको विहे जस्तोसँग भएपनि उनि खुसी नै थिइन् । तर विष्णाको त्यो खुसी दैवले देख्न सकेन । विष्णाले विहे गरेकी केहि महिनामै उनकी श्रीमान टिकाको मृत्यु भयो ।

त्यसपछि उनका आफन्तहरु ले अलच्छीना भन्दै घर निकाला गरिदिए । माइती घर जाउँ भन्दा आफ्नो भन्नु कोही छैनन् । उनको विहे भएपछि सन्तान भने छैनन् । अहिले उहि त्रिपालको झुपडी मुनी बसोबास गर्दै आएकी छन् ।

विष्णाले गहभरी आँशु पार्दै विगतको आफ्नो जीवनको वास्तविकता सुनाइन् – ‘पराल, स-साना चाउ चाउ, विष्कुटका कार्टुनहरु र प्वालै प्वाल भएको पाल टाँगेर बनाइएको झुपडीलाई पक्की घर सम्झदै १२ वर्षदेखि जिविका चलाउँदै आएकी छु । विहान बेलुकाको छाक टार्न दिनभरी गाँउ गाँउ माग्दै हिड्नु पर्छ । सम्पत्तिका नाममा गाँउलेहरुले दिएका एउटा बाल्टिन, एउटा कचौरा, डेक्ची र पन्यु र डाडु मात्रै छ ।’

स्थानीय तह, प्रदेश र केन्द्रिय तहको निर्वाचन भयो, जनप्रतिनिधि पनि आए, नयाँ संबिधान पनि आयो, तर विष्णाले आफैले कमाएर खाने दिन भने अँझैं आएको छैन । उनले थपिन्, ‘मागेर खानु पर्ने मेरो बाध्यता अझै पनि उस्तै छ । मागेर नखाने हो भने भोक भोकै बस्नु पर्छ । पहिले पहिले त दशै तिहार आँउदा रुन मन लाग्थ्यो । सबै रमाएका देख्दा, आफु एक्लै हुँदा तर अहिले त बानी परिसक्यो केहि लाग्दैन । एक सरो कपडा फेर्ने, मीठो खाने मन हुन्छ, तर मन भएर मात्र के गर्नु, धन छैन । मनका चाहानाहरुलाई मन भित्रै लुकाएर राख्नु पर्छ । हामीहरुका लागि के को दशै ?’

उनले आफ्नो भनाईलाई निरन्तरता दिइन्, ‘गरिबका लागि दशै हैन, दशा हो हजुर ! अहिले त कसैको घरमा चामल माग्न गए भने, म घर नजिक पुग्ने बित्तीकै ‘उ फेरी आइहाली अलच्छीना’ भन्दै गाँउलेहरुले पनि अहिले एक छाक खानासमेत दिन मान्दैनन् । अहिले त अन्न दिन पनि छाडीसके ।’

विष्णाले बाँकी कुरालाई यसरी जोडिन्, ‘अन्न माग्ने आस लिएर गाँउ गाँउ पुग्छु । आज भोली त अन्न दिने भन्दा पनि गाली र बेइजती दिन्छन् । रित्तो हात यहि त्रिपालमुनी फर्कनुपर्छ । म सँग सम्पत्तिको नाममा केही छैन ।

विभिन्न आशा देखाउनेहरु पनि फोटो खिचेपछि हराउँछन्ः

अचेल विष्णाले सबैलाई एउटै नजरले हेर्न थालेकी बताउँदै भनिन्, ‘आफ्नो उद्धारका लागि भन्दै हजारौंले आफ्नो र झुपडीको फोटो खिचेर लगेको थिए, तपाई जस्ता धेरै फोटो खिच्ने आए, फोटो खिच्दैमा मेरो पीडा कम हुने हो र ? मेरो भोको पेट तपाईले फोटो खिचेपछि भरिने हो र ? के मेरो नाङ्गो शरीरलाई तपाईको क्यामेराले शरीर ढाकेको देखाउँछ र कतै ?’

यस्तै प्रकारका दर्जनौं प्रश्नहरु गरेकी छन्, विष्णाले । विष्णाको आफ्नो शब्दमा, ‘हुन त म गरिब र उमेर ढल्केकी बुढीलाई कसले पो हेर्छ र ! उति बेला पो जवान थिए, मागे भने दिन्थे । अब कसले पो सम्झन्छन् र मलाई ? आखिरमा सबै कुरा भनेको धन नै रहेछ ।’

दुखःका विलौना गर्दै विष्णाले भननिन्, ‘मेरा दुखका बारेका सोधपुछ सबैले गर्दछन् । अनि जान्छन् । फोटो खिच्ने एक दिनमा झण्डै ६÷७ जना भन्दा बढी आउँछन् । सहयोग गर्ने कोही पनि हुदैनन् । मेरो विगतका वितेका दिनहरुलाई सम्झाउने काम धेरैले गरेका छन् ।

अहिले ५७ वर्ष पुग्न लागे । अहिलेसम्म त जसो तसो कहिले खाई नखाई गुजारा चलाई रहेकी छु । काम गर्न नसक्ने अवस्था भएपछि कस्तो हालत होला ? चाँडै मरे पनि हुन्थ्यो । काल आउदैन । म मरे पनि फाल्ने मान्छे कोही छ्रनन् । सर ! अब मेरो विगतका दिन सम्झाउन नआइदिनु होला, बरु सक्नुहुन्छ भने, ती हाम्रा जनप्रतिनिधि र सिंहदरबारमा पुगेकाहरुलाई विष्णाले पनि तपाइलाई भोट हालेकी थिईन् अरे भनेर भनिदिनुहोला । रिदम सिंह

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV