२६ आश्विन २०७५, शुक्रबार
  • तारा आचार्य

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले राज्य विखण्डन गर्ने कार्य गर्नेहरुविरुद्ध सरकारले राजद्रोह मुद्दा चलाउनु उपयुक्त हुने सुझाव दिएका छन् ।

शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरुसंग उपनेता गच्छेदारले संविधान प्रति असहमति हुनु स्वभाविक भएको र यसको लागि संविधान संशोधन गरेर जानुपर्ने बताए । उनले संविधान संशोधनीय दस्तावेज भएकाले आफ्नो माग पूरा गराउन संवैधानिक प्रक्रियामा आउनु पर्ने बताउदै संविधान प्रति असहमतिका नाममा राष्ट्रिय अखण्डता टुक्राउने कार्य र अभिव्यक्ति कुनै पनि राजनैतिक दललाई स्वीकार्य नहुने प्रष्ट पारे ।

उपनेता गच्छेदारले नेपाली कांग्रेस भित्र एकता नभए सम्म कम्युनिष्ट पार्टीसंग प्रतिष्पर्धा गर्न नसकिने भएकाले पार्टीलाई गुट उपगुटमा विभाजित गर्ने कार्य रोक्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको विधानमा सभापतिलाई शक्तिशाली बनाउने नभई सामुहिक नेतृत्व प्रणाली विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

LIVE TV