२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेता बामदेव गौतम काठमाडौँ–७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने दावी गर्नुभएको छ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बामदेव गौतम आफैले उपचुनाव नलड्ने बताउनुभएको हो ।

काठमाडौँ–७ का सांसद रामवीर मानन्धरले राजिनामा दिने र गौतमले चुनाव लड्ने कुरा चर्चामा आएपनि निर्वाचनमा सहभागी हुनेले नै भाग नलिने भएपछि यसमा विवाद र टिकाटिप्पणी गर्नुको तुक नरहेको अध्यक्ष दाहालको भनाई थियो । सरकारले छिमेकी राष्ट्रसंगको सम्वन्ध सुधार गर्न सफल भएसंगै अव विकास निर्माणमा अघि बढ्ने अध्यक्ष दाहालको तर्क थियो ।

LIVE TV