२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २६ असोज । गीतकार विजया गुरुङ्गको एल्बम मोसन अफ लभमा समावेश ‘औला गन्दै छु म’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी विजया गुरुङ्गको शब्दलाई गायक तथा संगीतकार विनोद पछाईले संगीत भरेका छन् भने गायिका दिपा लामाको स्वर रहेको छ ।

भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता आकाश श्रेष्ठ फिचर्ड छन् । भिडियोमा प्रेमिले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको भाव देखाइएको छ । एल्बम मोसन अफ लभमा रहेका पाँचवटा गीत मध्ये ‘तिम्रा हजार गल्ती’ बोलको गीतको म्यूजिक भिडियो यस अघिनै सार्वजनिक भइसकेको छ ।

LIVE TV