२६ आश्विन २०७५, शुक्रबार
  • सुमन कार्की,

तानसेनमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर विहीवारदेखि तानसेन पोखरा पर्यटक वससेवा सञ्चालनमा आएको छ । लुम्विनी र पोखराको विचमा पर्ने तानसेनलाई लुम्विनी पोखराको सर्किटसंग जोड्ने उद्देश्यले वस सेवाको सुरुवात गरिएको हो ।

पर्यटक वस सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले उद्घाटन गर्नुभयो । तानसेन र आसपासका क्षेत्र पर्यटकीय क्षेत्र भएपनि प्रचार प्रसारको कमीले गर्दा पर्यटन प्रर्वद्धन हुन सकेको थिएन ।

वस सेवा सञ्चालन हुँदा पर्यटक आगमनमा सेवा पुग्ने र यस्ले तानसेनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने देखिन्छ । तानसेन नगरपालिका र पाल्पा पोखरा समाजको पहलमा सञ्चालित वससेवा दैनिक २ वटा वस सञ्चालन हुने र वस सेवालाई निरन्तरता दिने पोखराका संजोग ट्रभल्सका सञ्चालक तिलक लामिछानेले बताउनु भयो ।

तानसेन र यस क्षेत्रको पर्यटन विकासमा पर्यटक वसले सहयोग पु¥याउने पर्यटक व्यवसायीक सागर मर्हजन वताउछन् । लुम्विनीवाट पोखरा र पोखरावाट लुम्विनी भित्रने विदेशी पर्यटकलाई विचमा पर्ने पाल्पाको सदरमुकाम तानसेन प्रवेश गराउन सकिए पाल्पाको पर्यटन विकासमा फड्को मार्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV