२६ आश्विन २०७५, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, २६ असोज । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले बिहीवार देखि सरलीकृत लिखत शुरु गरेको छ । लेखनदासको उपस्थिति न्यूनीकरण गर्दै लैजान तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ३४ जिल्लाका मालपोत कार्यालयहरुमा सरलीकृत फारम शुरु गरेको हो ।

लेखनदासको सहयोग विना सेवाग्राही आफैले भर्न सक्ने गरी ल्याइएको सरलीकृत फारम झनै झण्झटिलो भएको सेवाग्राहीहरुले बताएका छन् । ए फोर साइजको नयाँ लिखतमा नाम, ठेगाना, नागरिकता नम्बर, जारी मिति, सही छाप सहितको विवरण लगायतको विषयवस्तु समावेश गरिएको छ ।

मालपोत कार्यालय विराटनगरमा दैनिक २० वटा लिखतहरु पास हुने गरेकोमा नयाँ फारम लागू भए संगै बिहीवार ५ वटा मात्र लिखत पास भएको छ । नयाँ फारम भएकाले केही दिन समस्या आएपनि चाडै नै सेवाग्राही आफैले लिखत लेख्न सक्ने मालपोत कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV