२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २६ असोज । संघीय संसद्को सार्वजनिक लेखा समितिले सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउनुका पछाडि ठूलो आर्थिक चलखेल भएको आरोप लगाएको छ ।

समितिको गत सोमबारको बैठकमा अधिकांश सांसदले आर्थिक चलखेलका आधारमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा चनी आयातमा प्रतिबन्ध लगाइएको दाबी गरे । उनीहरूले तत्कालै आयात खुला गर्नसमेत माग गरेका थिए।

करोडौं रकमको चलखेलका आधारमा उद्योगी र सरकारको मिलेमतोमा चिनी आयातमा कोटा निर्धारण गरिएको उनीहरूको आरोप छ। आयात घटेपछि चिनीको मूल्य आकाशिएको छ।

सांसदहरूले चिनी आयातमा रोक लगाइएको विषयमा छानबिन गर्न समिति गठन गर्नसमेत माग गरेका छन्। छानबिन गरी दोषी उद्योगी, कर्मचारी र उच्च पदस्थ अधिकारीलाई पनि कानुनी दायरामा ल्याउन सांसदहरूले सभापति भरत साह समक्ष माग राखेका थिए।

यसै क्रममा प्रतिनिधिसभा सदस्य लेखराज भट्टले चिनीमा चलखेल भएको बताएका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै चिनीमा चलखेल भएको बताएका हुन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

LIVE TV