२६ आश्विन २०७५, शुक्रबार

काठमाडाैँ । अाज काठमाडाैँमा सुरु भएकाे एनअारएनएकाे विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ समेत आजै साँझदेखि शुरु हुँदैछ ।

साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ । विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिएका छन् ।

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्रिया हुनेछ ।

सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ ।

कुल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV