२६ आश्विन २०७५, शुक्रबार
  • अमर काफ्ले

इनरुवा । सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्तरगत पछिल्लो खेलमा नेपाल पुलिस क्लब (महाराजगञ्ज) काठमाडाैँ विजयी भएको छ ।

पुलिसले धनगढी विरुद्धको खेलमा १ सय २४ रनको फराकिलो जित निकालेको हाे ।

टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ९० रनको उच्च स्कोर खडा गरेको थियो । पुलिस क्लब काठमाडाैँका लागि अमित श्रेष्ठले ४८ तथा कुसल भुर्तेलले ४४ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

धनगढीका कृष्ण ऐयरले ४ विकेट लिएको खेलमा पुलिसका खेलाडीहरुले सुरुवाती अवस्थाबाटै विपक्षी बलरलाई चुट्दै तिव्रगतिमा रन बटुलेका थिए ।

१ सय ९१ रनको विजयी लक्ष पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको धनगढी १७ दशमलव ३ ओभरमा अलआउट हुन पुगेको थियो ।

उत्कृष्ट बलिङ र फिल्डिङ गरेको पुलिसले धनगढीलाई ६६ रनमा अलआउट गर्दै फराकिलो जित हात पारेको हो ।

पुलिसका नवीन सिंह थापाले ४ र मञ्जित श्रेष्ठले २ विकेट लिएका थिए । प्लिसका नवीन सिंह थापा खेलको म्यान अफ दि म्याच भएका छन् । प्रतियोगिता अन्तरगत आज रातिको खेलमा झापा र वीरगञ्जबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV