२६ आश्विन २०७५, शुक्रबार

बेत्रावती ।  नुवाकोटको खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्वरकाे यात्रुबाहक वस  सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् ।

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन  । बसमा ३५ देखि ४० जना यात्रु रहेको खुलेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र सदरमुकाम विदुरस्थित विभिन्न अस्पतालमा पठाइएको छ ।

गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV