२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं । आँखावरिपरि आउने डार्क सर्कलले सुन्दरतामा ह्रास ल्याउँछ । डार्क सर्कल बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणहरु हुन ।

डार्क सर्कल जो कोहिलाई पनि हुन सक्छ । यसलाई हटाउन भिटामिन ‘ए ‘युक्त खाना आवश्यक्त रहेका छन् । जसले छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्दा डार्क सर्कल कम हुन्छ ।

राम्रोसँग निदाउन भिटामिन सी भएका खानेकुरा खान आवश्यक्त हुन्छ । यस्तो खाँदा दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा आनन्दले निदाउन सकिन्छ । निन्द्र मुगेमा हाम्रो आँखामा त्यस्तो समस्य आउदैन । भिटामिन सी सुन्तला, कागती, अमला, खर्बुजाजस्ता फलफूलमा पाइन्छ । यी खाना बढी खाने गर्नाले आएको डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइन्छ । भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । डार्क सर्कल भएकाले भिटामिन के खाना बढी खाने गर्नुपर्छ ।

भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ । जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खाँदा डार्क सर्कलको समस्याबाट मुक्त हुन्छ ।

डार्क सर्कल भगाउन गोलभेडामा कागती मिलाएर लगाएमा राहात मिल्छ । आलुलाई पनि डार्क सर्कल हटाउनको लागि प्रयोग गर्न सकिन्छ । आलुको र कागतीको रस बनाएर लगाएमा डार्क सर्कल कम हुन्छ । दैनिक २ पटक काँचो दुधलाई लगाएमा आँखाको डार्क सर्कल हट्छ ।

LIVE TV