२६ आश्विन २०७५, शुक्रबार

पोखरा। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू नेतृत्व विकाससँगै उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको छ ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहद्वारा दशैँ, तिहारका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले महिला सशक्तीकरणका लागि गरिने तालीम व्यवहारमा उपयोग हुन नसकेको र प्राप्त ज्ञान सीपलाई समृद्धिसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो ।

नेतृत्व विकासका साथै त्यसअनुरुप सामाजिक, आर्थिकलगायतका क्षेत्रमा महिला सक्रिय बन्नुपर्ने उहाँले औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV