२६ आश्विन २०७५, शुक्रबार

ढाका/एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित एक अदालतले दुई पूर्वमन्त्रीसहित १९ जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ । सन् २००४ मा ढाकामा भएको आक्रमणमा दोषी ठहर गर्दै उनीहरुलाई मृत्युदण्डको फैसला सुनाइएको हो भने प्रमुख विपक्षी दलका निर्भासित एक नेता लाई आजीवन काराबासको सजाय सुनाइएको छ ।

सन् २००४ मा ढाकामा भएको ग्रिनेड आक्रमणमा वर्तमान प्रधानमन्त्री तथा अवामी लिगकी नेतृ शेख हसिना घाइते भएकी थिइन् भने अन्य २० जना मारिएका थिए । आजीवन काराबासको फैसला सुनाइएका विपक्षी नेता तारिक रहमान पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।

तत्कालीन प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान सहित ४९ जना विरुद्ध सो आक्रमणको आरोप लागेको थियो । न्यायाधीस शाहेद नुरुद्दिनले भने, ‘उनीहरु सबैलाई झुन्ड्याएर फाँसी दिइनेछ ।’ बंगलादेशकी विपक्षी नेतृ जियामाथि भ्रष्टाचारको आरोपमा गत फेब्रअरीमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।

LIVE TV