२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २८७ औं एपिसोड हो । आजको यस एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

यसका साथै भगवान गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्दै गलत प्रचार गर्ने कपिलबस्तुका सांसद अभिषेकप्रताप शाहसँग फोनवार्ता पनि कार्यक्रममा गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. विप्लप समूहको माओवादी हुँ भन्दै थर्काउने व्यक्तिको भागाभाग !

काठमाडौं, २५ असोज । टिकटिङ तथा पर्यटन सम्बन्धी मात्रै काम गर्न अनुमति लिएका काठमाडांैका धेरै ट्राभल एजेन्सीहरु भिजिट भिषाका नाममा मानव तष्करी केन्द्र बनेका छन् ।

सुर्खेतका मनोज गुरुङ १ महिना नयाँ बसपार्कमा रहेको ट्रष्ट ट्राभल एजेन्सीकी सञ्चालक एक महिलालाई ३ लाख ६० हजार बुझाएर भिजिट भिषामा दुवई पुगे । नपलपरासीका गोपाल थापा मगरलाई ६० हजार दिई उनि ट्राभलको सम्पर्कमा पुगेका थिए ।

२. कपिलबस्तुका सांसद शाहले बुद्ध भारतमा जन्मिएको भनि गलत प्रचार गर्दै

कपिलवस्तु, २५ असोज । कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप शाहले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै प्रचार गरेको भन्दै साहको सर्वोत्र आलोचना भइरहेको छ ।

भारतको सिद्धानगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलन्यास कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी भएका कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरेका थिए ।

३. आफ्नो छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभाको वास्तविकता यस्तो !

काठमाडौं, २५ असोज । गएको कार्यक्रममा विद्यालयबाट आफ्नो छोरा हराएको भन्दै शोभा खड्का नाम गरेकी महिला रुदै लाईभ कार्यक्रममा आएकी थिइन् ।

उनले रुदै आफ्नो रुदै लाईभ कार्यक्रममा आएकी लगेको भनेपछि हामीले यस विषय थप फलोअप गरेका छाैं । उनले छोराछोरीले अध्ययन गर्ने इनभेटिभ स्कुलबाट बेपत्ता भएको भने पनि उनिहरु आफ्नै हजुरबा हजुर आमासँग नुवाकोटमा रहेको पाइएको छ ।

४. पीडित भनिएकी कल्पना दर्जीको वास्तविक्ता बाहिर आयो !

काठमाडौं, २५ असोज । सामाजिक सञ्जालको व्यापकतासँगै यसको दुरुपयोग पनि बढ्दो छ । पछिल्लो समयमा विदेशमा समस्यामा पर्ने वित्तिकै फेसबुक मार्फत भिडियो लाइभ गर्ने र भाइरल गराउने परम्परा नै बनेको छ ।

धेरै जसो वास्तविक पीडित हुने भएपनि केहि व्यक्तिहरुले भने सामाजिक सञ्जाल र सञ्चार माध्यमा छाउने बाटो मात्रै बनाएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV